रामकृष्ण लामिछाने   |

पर्वतः एमालेकी समानुपतिक साँसद कल्पना चापागाईले रेडियोको नाममा गर्ने महोत्सव मागि खाने भाँडो बनाउने गरेकी छिन् । हरेक वर्ष रेडियोको नाममा महोत्सव गर्दै आए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रामकृष्ण लामिछाने   |

पर्वतः एमालेकी समानुपतिक साँसद कल्पना चापागाईले रेडियोको नाममा गर्ने महोत्सव मागि खाने भाँडो बनाउने गरेकी छिन् । हरेक वर्ष रेडियोको नाममा महोत्सव गर्दै आए"/>

2026-09-19 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रेडियोको नाममा महोत्सव आयोजना गरेर लाखाैंको चन्दा

रामकृष्ण लामिछाने   |

पर्वतः एमालेकी समानुपतिक साँसद कल्पना चापागाईले रेडियोको नाममा गर्ने महोत्सव मागि खाने भाँडो बनाउने गरेकी छिन् । हरेक वर्ष रेडियोको नाममा महोत्सव गर्दै आएकी चापागाईले पर्वतका सरकारी कार्यालयलाई लाखौँ सहयोगको माग गर्दै चिठी पठाएकि छिन् । उनले सहयोग दिन माग गर्दै जिल्ला विकास समिति, कुश्मा नगरपालिका, कृषि कार्यालय, पशु सेवा कार्यालय, स्वास्थ्य, घरेलु तथा साना उद्योग, महिला तथा वालवालिका कार्यालयमा ठुलो सहयोगको माग गर्दै चिठि पठाउने गरेकी छिन् । विगत वर्षमा पनि यस्तो काम उनले गर्दै आएकी हुन् ।

महोत्सवमा भनेजति सहयोग नगर्ने कार्यालय प्रमुखलाई विभागमा दवाव दिन लगाएर तनावमा पार्ने गरेको एक सरकारी कर्मचारीले बताए । सरकारी कार्यालयका प्रमुखलाई साँसदको हैसियतमा उनले थर्कमान बनाउने गरेको ति कर्मचारीले बताए । उनले सहयोग गर्न भन्दै पटक पटक फोन गर्न थालेपछि कार्यालय प्रमुखहरु अहिले हैरान भएका छन् । पर्वतका सामुदायिक विद्यालय, गाविस सचिव, गैह्रसरकारी कार्यालयलाई सहयोग गर्न भन्दै साँसद कल्पनाले दिनहुँ फोन गर्ने गरेकी छिन् ।इखबर अनलाइनमा समाचार छ ।

उनले प्रत्येक विद्यालयलाई अनिवार्य रुपमा १ हजार देखि २० हजार रुपैयाँ सहयोग माग्ने गरेको खुल्न आएको छ । सचिवहरुलाई महिला लक्षित वजेट महिला महोत्सव भएको नाताले महोत्सवलाई दिन भन्ने गरेकी छिन् ।

उनले पर्वतमा मात्र नभएर छिमेकी वागलुङ र म्याग्दी जिल्लाका सरकारी कार्यालयमा समेत सहयोग गर्न दवाव दिने गरेकी छिन् । साँसद चापागाईले साँसद विकास कोषको ठुलो हिस्सा समेत रेडियोमा भित्राउने गरेकी छिन् । महोत्सवका नाममा उनले कति रकम असुल गर्छिन त्यसको लेखाजोखा हुने गरेको छैन । महोत्सवको खर्च विवरण अहिलेसम्म सार्वजनिक गर्ने गरिएको रेकर्ड नै छैन । उनले महोत्सवको नाममा प्रहरीको समेत दुरुपयोग गर्ने गरेकी छिन् ।

ससत्र प्रहरी गण चण्डिका गण कुश्माका ससत्र प्रहरी वजारमा व्यानर टाँग्ने, व्यवस्थापनका सामाग्री ओसारपोसार गर्ने लगायतका काममा एक हप्तादेखि खटिएको छ । प्रचारका लागि आधा दर्जन प्रहरी खटिएका छन् । सशस्त्र प्रहरी साँसदको नीजि प्रयोजनका लागि खटिएकोमा स्थानीय प्रसासनले कुनै कारवाहि नगर्नुले साँसदको डरले प्रसासन चुप लागेका देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो