पर्वत । तिलाहारको डिमुवामा रहेको नव जागृत बहुमुखी क्याम्पसमा एकलौटी रुपमा एमाले सम्बद्ध अनेरास्वीयू अखिलको विजय भएको घोषाणा गरिएको छ ।  विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई समेत जानकारी नगाराई एमाले पर्वतका उपाध्यक्ष भक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । तिलाहारको डिमुवामा रहेको नव जागृत बहुमुखी क्याम्पसमा एकलौटी रुपमा एमाले सम्बद्ध अनेरास्वीयू अखिलको विजय भएको घोषाणा गरिएको छ ।  विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई समेत जानकारी नगाराई एमाले पर्वतका उपाध्यक्ष भक"/>
२०८३, १४ जेष्ठ बिहीबार
पर्बत - PBT

नवजागृत क्याम्पसमा एमालेका उपाध्यक्षले घोषणा गरे अखिलको विजयी

२०७३, २० फाल्गुन शुक्रबार १२:००

पर्वत । तिलाहारको डिमुवामा रहेको नव जागृत बहुमुखी क्याम्पसमा एकलौटी रुपमा एमाले सम्बद्ध अनेरास्वीयू अखिलको विजय भएको घोषाणा गरिएको छ ।  विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई समेत जानकारी नगाराई एमाले पर्वतका उपाध्यक्ष भक्त कुवँर, युथ फोर्स पर्वतका अध्यक्ष विमल लामिछाने सहितको टोलीले क्याम्पसमा नियम विपरित अनेरास्ववियूको विजय भएको घोषणा गरेको हो ।


क्याम्पस प्रमुख रुचिला सापकोटालाई फर्जि मितिको नोटिस टाँस गर्न लगाई प्रक्रिया पु¥याएको ढोङ रचि अनेरास्ववियूले आफ्नो विजय भएको घोषणा गरेको अन्य विद्यार्थी संघठनहरुले जनाएका छन् ।


पर्वत जिल्लामा स्ववियूको चुनावमा सहमतिय आधारमा गर्ने विद्यार्थी संगठन विच सहमति भएता पनि एमालेका नेतानै क्याम्पसमा प्रवेश गरी मनोमानी ढंगबाट आफू विजय भएको घोषणा गरेको हो । क्याम्पस प्रमुखलाई प्रभावमा पार्ने देखि बलपूर्वक आफ्नो जित भएको घोषणा गर्ने नेकपा एमालले निन्दनीय र गैरराजनीति गरेको अन्य दल तथा विद्यार्थी संगठनले आरोप लगाएका छन् । विद्यार्थी संगठनले एकलौटी हिसाबले क्याम्पस संचालक र विद्यार्थीलाई जानकार विनानै प्रभावमा पारेर निर्णय गर्नु  क्याम्पस प्रशासनको गम्भीर क्रुटि भएको बताएका छन् ।


यसैविच कार्कीनेटामा रहेको अन्नपूण क्याम्पसमा एमालेका नेता पदमपाणी सहितको टोलीको ठाडो आदेशमा सहमति र सहकार्यलाई उल्लघन गरी अखिलको जित भएको घोषणा गरेपनि तीन विद्यार्थी संगठनले संयुक्त विज्ञप्ती निकाल्दै ठोडो रुपमा विरोध गरेका छन् ।


उनीहरुले एमालले देखाएको दोहोरो चरित्र र सहमति तोड्नु तानाशाही पद्धती भएको आरोप लगाएका छन् ।उनीहरुले एमालेको एकलौटी रुपमा गैर जिम्मेवारी र स्ववियूको मुलमर्मलाई ठेस पुग्ने गरी गरीएको कार्य सच्चाउन माग गरेका छन् । नसच्चाए गम्भीर समस्या आइपर्ने समेत चेतावनी दिएका छन् ।



https://scontent.fdoh4-1.fna.fbcdn.net/v/t34.0-12/


Image may contain: 15 people, people standing, child and outdoor


Image may contain: 7 people, people smiling, people standing and outdoor


Image may contain: 22 people, people standing




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट