फागुन २१, भक्तपुर । क्यान्सरका बिरामीलाई उपचारका लागि सहज रुपमा आउने–जाने व्यवस्था गर्न भक्तपुर क्यान्सर अस्पतालले आजदेखि निःशुल्क बस सेवा सुरु गरेको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २१, भक्तपुर । क्यान्सरका बिरामीलाई उपचारका लागि सहज रुपमा आउने–जाने व्यवस्था गर्न भक्तपुर क्यान्सर अस्पतालले आजदेखि निःशुल्क बस सेवा सुरु गरेको छ ।

2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुर क्यान्सर अस्पतालका बिरामीलाई निःशुल्क बस सेवा सुरु


फागुन २१, भक्तपुर । क्यान्सरका बिरामीलाई उपचारका लागि सहज रुपमा आउने–जाने व्यवस्था गर्न भक्तपुर क्यान्सर अस्पतालले आजदेखि निःशुल्क बस सेवा सुरु गरेको छ ।

अस्पतालले बिहान ५:३० देखि साँझ ८:३० बजेसम्म दुईवटा बसबाट बिरामी ल्याउन र लाने व्यवस्था गर्दै यातायात सेवा सुरु गरेको हो ।

भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका बिरामी तथा बिरामीका कुरुवाका लागि सेवा दिने उद्देश्यले सञ्चालन गरेको बस सेवा लिन बिरामी वा त्यसको कुरुवाले अस्पतालको कार्ड भने अनिवार्य रुपमा साथमा लिनुपर्ने व्यवस्था गरेको छ ।

अस्पताल प्रशासन शाखाका अधिकृत राजाराम तजलेकाअनुसार अस्पतालबाट बिहान ५: ३० बजे पहिलो ट्रिप बस बिरामी लिनका लागि छुट्छ भने बिहान ७: २५ बजे बिरामी लिएर बस आइपुग्छ ।

दोस्रो ट्रिप ११:३० बजे छुटेर १२:३० बजे आउने, तेस्रो ट्रिप १: ३० बजे छुटेर २: ३० बजे आउने र चौथो ट्रिप साँझ ६: ३० बजे छुटेर ८: ३० बजे फर्कने गरी बस सेवा सञ्चालन गरेको उनले जानकारी दिए।

भक्तपुर क्यान्सर अस्पतालबाट जाने बस सल्लाघारी हुँदै ठिमी, जडीबुटी, कोटेश्वर मुनीभैरब मन्दिर अगाडिबाट फर्केर पुनः बिरामी र कुरुवा बोक्दै भक्तपुर फर्कने गर्दछ ।

त्यसैगरी बिहान ७: ३० बजे छुट्ने बस ठिमी, कोटेश्वर, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै पुनः टेकु फर्केर त्रिपुरेश्वर, वीर अस्पताल, लैनचौर, लाजिम्पाट, शिक्षण अस्पताल, चक्रपथ, नारायणगोपाल चोक, चाहबिल, मित्रपार्क, गौशाला, एअरपोर्ट, सिनामङ्गल, कोटेश्वर, जडीबुटी, ठिमी, सल्लाघारी हँुदै बिहान ९ः३० बजे अस्पताल आइपुग्ने गरी यातायात सञ्चालन गरेको छ ।

अस्पतालले बिरामी र कुरुवाका लागि दुईवटा बस सञ्चालनमा ल्याएर उपचारमा आउनेलाई यातायातको सहज व्यवस्था गरेको र आवश्यकताअनुसार यो सेवालाई थप विस्तार गर्दै लैजाने अस्पतालले जनाएको छ ।

पहिलो रुट नं ‘ए’को बस प्रत्येक दुई घन्टामा अस्पतालबाट आहोरदोहोर गर्ने र रुट नं ‘बी’ को बस भने बिहान र अपराह्न दुईपटक बिरामी ल्याउने र लाने व्यवस्था गरेको हो । उपचारका लागि अस्पताल आउने बिरामीलाई सार्वजनिक यातायातमा सकस हुने भएपछि अस्पतालले बिरामीको सेवालाई ध्यानमा राखेर निःशुल्क बस सेवा सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई