कविता उपाध्याय/फागुन २२, रोल्पा । रोल्पामा पाँच बालबालिका जन्मदै एचआइभी एड्स संक्रमित भएका छन् । 

प्रवासी बाबु तथा घरमा रहेकी आमाबाट जन्मेका निर्दाेष "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कविता उपाध्याय/फागुन २२, रोल्पा । रोल्पामा पाँच बालबालिका जन्मदै एचआइभी एड्स संक्रमित भएका छन् । 

प्रवासी बाबु तथा घरमा रहेकी आमाबाट जन्मेका निर्दाेष "/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा पाँच बालबालिका जन्मदै एचआइभी एड्स संक्रमित

२०७३, २२ फाल्गुन आईतवार ०२:३१

कविता उपाध्याय/फागुन २२, रोल्पा । रोल्पामा पाँच बालबालिका जन्मदै एचआइभी एड्स संक्रमित भएका छन् । 

प्रवासी बाबु तथा घरमा रहेकी आमाबाट जन्मेका निर्दाेष पाँच बालबालिका एचआइभी एड्स संक्रमित भएर जीवन जीउँदै आएको  रोल्पा प्लसका अध्यक्ष राधा विकले जानकारी दिनुभयो । 

उहाँका अनुसार बैदेशिक रोजगारीका शिलशिलामा देश बाहिरका विभिन्न मुलुकमा पुगेका युवाहरु एचआइभी एड्स संक्रमित भएर स्वदेश फर्किसकेपछि उनीहरुबाट जन्मेका बालबालिका एचआईभी एड्स संक्रमित भएका हुन् । 

यसरी संक्रमित बाबुआमाबाट जन्मेका बालबालिकाहरुले निरन्तर औषधी सेवन गरिरहेका छन् । समाजले अपहेलना गर्ने डरले यी सबै बालबालिकाहरु आफूलाई एड्स संक्रमण भएको कुरा खुलासा गर्न चाहदैनन् । एकातिर बिरामी पर्नु, अशक्त हुनु, अर्काेतिर समाजले घृणा गर्ने डरले यी बाबालिकाको बाल मष्तिष्कमा नकारात्मक असर पर्न थालेको बुझिएको छ । 

यसरी एचआईभी एड्स संक्रमित हुने बालबालिकाहरुमा पूर्वि रोल्पाकी १४ वर्षिया बालिका आसमती कसुम (नामपरिवर्तन) रहेकी छिन् । बैदेशिक रोजगारीका लागि भारतको चण्डीगढ पुगेका उनका बुवा एचआईभी एड्स संक्रमित भएर करिव १५ वर्ष पहिले स्वेदश फर्कनु भएको थियो । आफू संक्रमित भएको कुरा श्रीमतीलाई जानकारी नदिएका कारण उहाँकी श्रीमती पनि संक्रमित हुनुभयो । जसका कारण संक्रमित बाबुआमाबाट जन्मेको हुँदा उनी जन्मदै एड्स संक्रमित भएर जन्मेकी हुन् । 

हाल आसमतीका बुवा आमा दुबैको मृत्यु भइसकेको छ । उनी हजुरबुवा र हजुरआमासंग घरमा बस्दै आएकी छिन् । श्रीमान् श्रीमती दुबैको एड्स संक्रमणका कारण मृत्यु भएपछि गाउँलेहरुले आसमतीलाई पनि एचआइभी एड्स संक्रमण भएको हुन सक्ने भन्दै चेकजाँच गराउने क्रममा केहीवर्ष पहिले आसमतीमा पनि एड्स संक्रमण देखिएको हो । हाल उनी गाउँकै विद्यायलमा कक्षा ३ मा पढ्दै छिन् । पटक पटक विरामी पर्ने गरेको हुँदा उनको पढाइले तीब्रता पाउन सकिरहेको छैन ।  

यस्तै उत्तर पूर्वि रोल्पामा पनि ८ र १२ वर्षका दुई दिदी बहिनी एड्स संक्रमित भएर बाँचिरहेका छन् । उनीहरुपनि संक्रमित बाबुआमाबाट जन्मेका हुदाँ जन्मदै एड्स संक्रमित भएका थिए । रोजगारीका लागि भारतको बम्बै पुगेका उनीहरुका बुवा एक होटेलमा काम गर्नुहुन्थ्यो । उहाँपनि भारतमा काम गर्ने क्रममा एचआईभी एड्स संक्रमित हुनुभएको हो । 

घरमा आएको बेला श्रीमतीलाई आफू संक्रमित भएको कुरा जानकारी नदिएको हुँदा उहाँको कारण उहाँकी श्रीमतीपनि एड्स संक्रमित हुनुभएको हो । करिव ३ वर्ष निरन्तर बिरामी परेपछि उहाँको मृत्यु भइसकेको छ  भने उहाँकी श्रीमती र २ छोरीहरु पनि एड्स संक्रमित भएर बाँच्न बाध्य भएका छन् । 

श्रीमान्को मृत्युपछि तीन आमाछोरी लगातार बिरामी पर्न थालेपछि रगत जाँच गर्ने क्रममा उनीहरु एड्स संक्रमित भएको थाहा पाएका थिए । ती बालिकाहरु गाउँकै विद्यालयमा क्रमशः ३ र ४ कक्षामा पढ्दै आएका छन् । सुखी जीवन विताउने सपना देखाएर धन कमाउन विदेश गएका श्रीमान्को एचआइभी एड्स संक्रमणका कारण मृत्युमात्र भएन बाचेको परिवार पनि एड्स संक्रमित हुँदा उनीहरुलाई जीवन चलाउन हम्मेहम्मे परेको छ । काम गरीखाने हातपाखुरा भएपनि संक्रमणका कारण तागत नचल्ने उनीहरुले बताए । ती बालिकाहरुको परिवारले हाल सहकारीबाट पाएको सानो ऋणबाट गाउँमै सानो पसल चलाएर गुजारा गर्दै आएका छन् । 

यसैगरी दक्षिण रोल्पाकी रामप्यारी शितल (नामपरिवर्तन) पनि एचआईभी एड्स संक्रमित भएर जीवन जिउदै आएकी छिन् । हाल उनी १८ वर्ष पुगिसकेकी छिन् भने उनले गतः वर्ष एस्एल्सी परीक्षा समेत उत्तीर्ण गरिसकेकी छिन् । रामप्यारीका बुवापनि १६÷१७ वर्षको उमेरदेखि रोजगारीका लागि भारतका विभिन्न स्थानमा पुगिसक्नु भएको थियो पेशाले उहाँ गाडी चलाउनु हुन्थ्यो । उहाँलेपनि आफू एचआइभी एड्स संक्रमित भएको कुरा श्रीमतीलाई जानकारी दिनुभएन । घरमा फर्केका बेला श्रीमतीको गर्भ रह्यो । सो गर्भबाट जन्मेको सन्तान जन्मदै एड्स संक्रमित भयो । रामप्यारी आज त्यसकै शिकार बनेर बाँच्न बाध्यछिन् । तमाम मान्छेमा जस्तै उनमा पनि अनगिन्ती रहर र चाहनाहरु छन् तर ती चाहना पूरा हुन्छन् वा हुँदैन त्यो समयले देखाउने कुरा हो उनी यस्तै भन्दै जीवन चलाइरहेकी छिन् । उनका दाजुपनि छन् तर दाजुभने एड्स संक्रमित छैनन् । उनका पनि बाबुआमा दुबैको मृत्यु भइसकको छ । 

यस्तै उत्तर पूर्वि रोल्पाका १७ वर्षिय अशेष राहत (नाम परिवर्तन) पनि एचआईभी एड्स संक्रमित बाबुआमाबाट जन्मेका कारण संक्रमित भएर बाँचिरहेका छन् । परिवारलाई सुखसंग राख्ने आश्वासन दिएर भारतको चण्डीगढ पुगेका उनका बुवा भारतमा ज्याला मजदुरी गर्नुहुन्थ्यो । उहाँपनि संक्रमित भएर स्वदेश फर्कनु भयो तर आफू संक्रमित भएको कुरा उहाँले कसैलाई भन्नुभएन । जसका कारण श्रीमान् श्रीमती दुबैमा एचआईभी एड्सले आक्रमण ग¥यो । दुबैजना लगातार बिरामी पर्न थालेपछि  चेकजाचका क्रममा श्रीमान्, श्रीमती  र छोरामा समेत  एचआईभी एड्स संक्रमण देखियो । हाल परिवारका तीनै जनाले निरन्तर औषधी सेवन गरिरहेका छन् । औषधी सेवनका कारण स्वास्थ्यमा केही सुधार आएपनि अशेषमा जीवन जीउनका लागि आवश्यक नयाँ जोश, जाँगर र उत्साह  भने सेलाउदै गएको छ । 

आफू निर्दाेष रहदा रहदैपनि बाबुको सानो गल्तीका कारण यी ५ वालवालिका जन्मजात एड्स संक्रमित भएर सजाए भोग्न बाध्य भएका छन् । यी बालबालिकाको भविष्यको सुनौलो सपना साकार पार्नका लागि सहयोगी हातहरुको खाँचो छ । यिनीहरुलाई निरन्तर औषधी उपचारका साथै मनो सामाजिक परामर्शको पनि खाँचो देखिन्छ । यसका लागि सरोकारवाला निकायहरुको ध्यान जान अत्यन्त जरुरी छ । 

आर्थिक तथा भौगोलिक रुपमा पछाडि परेको रोल्पा १० वर्षे सशस्त्र युद्धका कारण विकासका क्षेत्रमा अझ धेरै पछि धकेलिएको छ । त्यसैले हरेक क्षेत्रबाट पछाडि पारिएका यी ५ निर्दाेश बालबालिकाको समुज्वल भविष्यका लागि सरकारी तथा गैरसरकारी निकायहरुको ध्यान जानसकेमात्र यी बालबालिकाले न्याय पाउनेछन् भन्ने कुरामा दुईमत नहोला  । 

रोल्पा प्लसका अध्यक्ष राधा विकका अनुसार रोल्पामा हाल सम्म एचआइभी एड्स संक्रमित हरुको संख्या ६० पुगिसकेको छ । समाजले एचआईभी एड्स संक्रमितहरुलाई नबुझेका कारण केही संक्रमितहरु जिल्ला छोडेर बाहिरिन बाध्य भएका छन् । 

पहिलेको तुलनामा एड्स संक्रमितहरुलाई गर्ने ब्यवहारमा केही परिवर्तन आएपनि पूर्ण रुपमा परिवर्तनहुन सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ