2026-09-19 08:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा बालविवाह रोक्न किशोरी आमा सङ्गठित

फागुन २२, दाङ । बालविवाह निरुत्साहित गर्न विवाहित किशोरी आमा सङ्गठित बन्न थालेका छन् । जिल्लामा बालविवाह बढ्दो अवस्थामा रहेको भन्दै किशोरी आमा सचेतनाका लागि अभियानमा सङ्गठित भएका हुन् । 

जिल्लामा रहेको ओरेक नेपालले सञ्चालन गरेको अभियानअन्तर्गत ‘जसको सवाल उसको अगुवाइ’ भन्ने मूल नाराका साथ बालविवाह निरुत्साहित अभियान सुरु गरिएको हो । विवाहित किशोरी आमालाई मानसिक स्वास्थ्य र प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सचेतना दिएर दाङका नगरपालिका र गाविसमा गरी १० वटा विवाहित किशोरी आमा समूह निर्माण गरेको र उनीहरुमार्फत सचेतना दिन सुरु गरेको ओरेक नेपालका जिल्ला संयोजक तुलसा गिरीले बताउनुभयो । 

यो आमा समूहले बालविवाह न्यूनीकरणका लागि गाविस र नगरपालिकामा सचेतना जगाउने ओरेक नेपालले विश्वास लिएको छ । दाङको धनौरी गाविसकी मोति चन्दले १४ वर्षको उमेरमा विवाह गरिन् हाल उनी भर्खर २१ वर्षकी छिन् । उनको दुईजना छोरी छन् । 

त्यस्तै घोराहीकी गीता नेपालीले पनि सानै उमेरमा विवाह गरिन् र हाल ३ वर्षकी छोरी छन् उनी भर्खरै २० वर्षकी भइन् । उनीहरु जस्तै यहाँका अधिकांश किशोरीले पहिले नबुझेर विवाह गर्दा अहिले पछुताएका छन् । “सानो उमेरमा हतारमा विवाह गर्दा अहिले पछुतो लागेको छ, न पढ्न पायो न त कुनै कुरा सिक्न पायो, कम उमेरमा विवाह गर्दा पछि समस्या हुँदोरहेछ”, नेपालीले भन्नुभयो । 

सानैमा लहलहै र उमेर नपुगी विवाह गर्दा स्वास्थ्य, मानसिक, आर्थिक लगायतका समस्या भोग्नु परेको किशोरी बताउँछन् । “अहिले आएर थाहा भयो सानैमा विवाह गर्दाको बेफाइदा अब हामीहरुले गाउँघरमा सचेतना फैलाउनका लागि विवाहित किशोरी समूह गठन गरेका छौँ”, तुलसीपुर–११ निवासी शिला चौधरीले भन्नुभयो । अरूको लहलहैमा लागेर सानो उमेरमा विवाह गर्दा आफूहरुले समस्या भोगेको उहाँले गुनासो गर्नुभयो । 

उनीहरु जस्तै यहाँका करिब दुई दर्जनभन्दा बढी किशोरीले यसरी नै प्रेमविवाह गरेको बताउँछन् । उनीहरुले महिला हिंसाको मुख्य कारण बालविवाह नै भएको बताएका छन् । 

हाल दाङको डुरुवा, धनौरी, घोराही, तुलसीपुर नगरपालिका, धनौरी, उरहरी, मानपुर, श्रीगाउँ गाविस स्तरमा विवाहित किशोरी आमा समूह गठन गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो