पर्वत । शान्ति समिति र पत्रकार महासंघको पर्वतको निति विपरित शान्ति समिति पर्वतको संयोजकमा पत्रकार गणेश पौडेल चयन भएका छन् ।

शान्ति समितिको संयोजकको समय अवधि ६ महिनाको भएता पनि भागबण्डाका आधारमा तीन महिने संयोजक बन्ने होडबाजीले उनले शान्ति समितिको संयोजक बनाएको हो । पत्रकार महासंघको प्रतिनिधित्व गरेर पौडेल संयोजक बनेता पनि उनी पत्रकार महासंघको नीति विपरित संयोजक बनेको भन्दै पत्रकार महासंघका विरोध भैराखेको छ । महासंघको कार्य समितिमा हुनुपर्ने र सोही अनुसार महासंघले सिफारिस गर्नुपर्नेमा पौडेल दुर्गाप्रसाद शार्माको नेतृत्वको महासंघले सिफारिस गरेको आधारमा संयोज बनेको बुझिएको छ ।

भर्खर नवनिर्वाचित महासंघको कार्य समितिमा पौडेल सदस्य नरहेता पनि उनी शान्ति समितिको संयोजकमा सिफारिस हुनु नीति बाहिर रहेको भन्दै पत्रकारहरु विच मतभेत शुरु भएको छ । अरुले गलत गरे औला उठाउने पत्रकार आफै पदको लोभमा परि नीति र मर्यादा उल्लघन गरी जानुले गम्भीर प्रश्न चिन्ह उठाएको छ ।

छविलाल तिवारी नेतृत्वको पत्रकार महासंघ जिल्ला शाखा पर्वतमा यसले चर्को विवाद पैदा गरेको छ । तिवारी नेतृत्वको महासंघले एक महिना नवित्दै नीति बाहिर काम गरेको भन्दै महासंघ आवद्ध पत्रकारहरु रुष्ट बनेका छन् ।