Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सिके राउतलाई थप २० दिन थुनामा राख्न अदालतको आदेश

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २२, सिरहा । राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाइएका स्वतन्त्र मधेश गठबन्धनका सि.के राउतलाई जिल्ला अदालत सिरहाले चौथो पटक थप २० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

नेपाल राष्ट्र विखण्डन गर्ने गरी स्वतन्त्र मधेशको पक्षमा गतिविधि गर्दै आएको आरोपमा पक्राउ गरी राज्य विरुद्धको संगठित अपराध अन्तर्गतको मुद्दामा प्रहरीले पक्राउ गरि उनीमाथि अनुसन्धान गरिरहेको छ ।

प्रहरीलाई राउतविरुद्ध थप अनुसनधानका लागि अदालतले दोस्रो पटक फागुन १ गते १० दिन, तेस्रो पटक ११ गते फेरि १० दिन म्याद थपेको थियो भने चौथो पटक आज आइतबार २० दिनको म्याद थपिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

मधेश केन्द्रित दलहरुले हरेक वर्ष मनाउने बलिदानी दिवसको क्रममा गत माघ ५ गते लहानमा भएको कार्यक्रममा राउतले देश हितविपरितको अभिव्यक्ति दिएपछि माघ २० गते प्रहरीले जनकपुबाट पक्राउ गरिएको थियो ।