पढ्न करिब 1 मिनेट लाग्छ

फागुन २३, बाँके । नेपालगन्ज सुर्खेत सडक खण्डमा पर्ने बाँकेको पार्वतीपुरमा कार पल्टिदा एक जनाको मृत्यु गएको छ, भने कारमा सवार दुईजना गम्भीर घाइते भएका छन् ।

आज मध्यान्न करिब १२.३० बजे कोहलपुरबाट नेपालगन्जतर्फ आइरहेको तीव्रगतिको बा१२च २०७२ नम्बरको सुजुकी कार सडकमा हिँडिरहेको कुकुरलाई बचाउने क्रममा पल्टिएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

कार दुर्घटनामा परी सवारी चालक नेपालगन्ज उपमहानगरपालिका–१ का २८ वर्षीय मोहमद सकिल हलवाइको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

कारमा सवार अन्य दुईजनाको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । घाइते दुबै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । रासस