पर्वत । पत्रकार महासंघ पर्वतबाट स्थानीय शान्ति समितिमा प्रतिनिधित्व गर्ने सवालमा विवाद देखापरेको छ । महासंघ कार्यसमितिको स्वीकारोक्ति बेगर नै स्थानीय शान्ति समितिमा प्रतिनिधित्व दावी भएपछि विवाद भएको हो । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पत्रकार महासंघ पर्वतबाट स्थानीय शान्ति समितिमा प्रतिनिधित्व गर्ने सवालमा विवाद देखापरेको छ । महासंघ कार्यसमितिको स्वीकारोक्ति बेगर नै स्थानीय शान्ति समितिमा प्रतिनिधित्व दावी भएपछि विवाद भएको हो । 

2026-09-19 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पत्रकार महासंघ पर्वतको स्वीकृति वेगर प्रतिनिधित्व दावी

पर्वत । पत्रकार महासंघ पर्वतबाट स्थानीय शान्ति समितिमा प्रतिनिधित्व गर्ने सवालमा विवाद देखापरेको छ । महासंघ कार्यसमितिको स्वीकारोक्ति बेगर नै स्थानीय शान्ति समितिमा प्रतिनिधित्व दावी भएपछि विवाद भएको हो । 


शान्ति समिति पर्वतमा प्रतिधित्व गरेको भनिएका गणेश पौडेललाई महासंघ पर्वतको नयाँ कार्यसमितिले सिफारिश  गरेको छैन । पत्रकार महासंघ पर्वतका कार्यसमिति सदस्य नरहेका पौडेल   सिफारिस विना पत्रकारको नाममा शान्ति समितिको तीन महिने संयोजक चयन भई सकेका छन् । 


पौडेलले शान्ति समितिमा यस अघिको महासंघ कार्यसमितिबाट प्रतिनिधित्व गर्दै आएका थिए तर अहिलेको नयाँ कार्यसमितिले उनलाई सिफारिश गर्ने वा नगर्ने भन्नेबारे विवाद थियो । यदि पत्रकार महासंघ पर्वतले सिफारिश गर्ने हो भने पौडेलले महासंघ पर्वतसँग सहकार्य गरेर अघि बढ्नुपर्ने सदस्यहरुको राय      थियो ।  

महासंघलाई वेवास्ता गर्दै हिडेपछि शान्ति समितिमा पौडेलको प्रतिनिधित्वको सवालमा सहमति हुन सकेको थिएन । उनको प्रतिनिधित्वको सवालमा पत्रकार सदस्यहरु आपसमा विभाजित भएका थिए । प्रतिनिधि सिफारिशको सवालमा विवाद बढेपछि पत्रकार महासंघका अध्यक्षले नै शान्ति समितिमा प्रतिनिधित्व गर्ने मौखिक सहमति भएको थियो ।


यसै अनुसार पत्रकार महासंघ पर्वतको तर्फदेखि फाल्गुन १० गतेको मितिमा शान्ति समिति पर्वतमा अध्यक्षको नाम प्रस्ताव गरिएको छ । अध्यक्षकै नाम पत्रकार महासंघ पर्वतले शान्तिसमितिमा प्रतिनिधिका लागि पेश गरेपछि विवाद छताछुल्ल भएको हो । 

  पत्रकार महासंघ पर्वतमा वर्तमान कार्य समिति सदस्य नरहेका पौडेल शान्ति समितिको संयोजक हुनु तर महासंघसँग कुनै सहकार्य नगरी हिड्नुले विवाद भएको पत्रकारहरुको आरोप छ । पत्रकारहरुको छाता संगठन मानिएको पत्रकार महासंघ पर्वतलाई वेवास्ता गर्दै हिडेका पौडेल शान्ति समितिको संयोजक बनेपछि विवादित बनेका छन् । पत्रकार महासंघ पर्वतको वैठकले पौडेलको प्रतिधित्वलाई स्वीकार नगरेपछि स्वतः अध्यक्ष नै शान्ति समितिको प्रतिनिधि हुने आम पत्रकारहरुको धारणा छ ।


समाजमा शान्ति र मेलमिलाप स्थापना गर्ने उद्देश्यले गठन गरिएको संस्थामा सिंगो पत्रकार महासंघ पर्वतलाई वेवास्ता गरेपछि शान्ति समितिमा प्रतिनिधित्व गर्ने सवालमा अशान्ति मच्चिएको छ ।


 स्थानीय शान्ति समितिमा बढीमा २३ जना सदस्यहरु रहनेछन् । समितिमा स्थानीय गैरसरकारी संस्थाहरु, नागरिक समाजका प्रतिनिधिहरु तथा मानवअधिकारकर्मीहरु मध्येबाट ४ जना सदस्य हुनेमा १ जना प्रतिनिधि पत्रकार महासंघ पर्वतबाट रहन्छन् । नियमानुसार संयोजकको कार्यकाल ६ महिनाको हुनेछ तर यहाँ भागवण्डा मिलाउन ३ महिने तोकिएको छ । यो सरासर नियम विपरित हो ।


 नियम विपरित तीन महिने संयोजक चयन भएका पौडेल अर्कोतिर पत्रकार महासंघ पर्वतको सिफारिस विना नै चोर बाटोबाट प्रतिनिधित्वको दावी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो