महेन्द्र केसी/पर्वत ।हरेक वर्ष सञ्चालन हुँदै आएको हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन अभियान यो वर्ष आगामी चैत्र ५,६ र ७ गते पर्वतमा संचालन हुने भएको छ ।  

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी/पर्वत ।हरेक वर्ष सञ्चालन हुँदै आएको हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन अभियान यो वर्ष आगामी चैत्र ५,६ र ७ गते पर्वतमा संचालन हुने भएको छ ।  

२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एक लाख ३६ हजारलाई हात्तिपाइले रोगविरुद्धको औषधी खुवाइदै

२०७३, २४ फाल्गुन मंगलवार ०५:२३

महेन्द्र केसी/पर्वत ।हरेक वर्ष सञ्चालन हुँदै आएको हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन अभियान यो वर्ष आगामी चैत्र ५,६ र ७ गते पर्वतमा संचालन हुने भएको छ ।  

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ३० जिल्लाका एक करोड पाँच लाखलाई सो रोगविरुद्वको औषधि खुवाउन लागेको हो ।

हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइने अभियान अन्तरगत पर्वतमा झण्डै १ लाख ३६ हजार ७ सय १० जनालाई औषधी खुवाउने लक्ष्य राखेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाकारी दिएको छ । 

सोमबार पत्रकार सम्मेलन गरी जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जिल्लाको कुल जनसंख्या १ लाख ४६ हजार ९ सय ६२ मध्ये एक लाख ३६ हजार भन्दा बढि मानिसहरुलाई हात्ती पाइले रोग विरुद्धको औषधी खुवाउने तयारी भैराखेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. फणिन्द्र बरालले जानकारी दिए । 

अभियानअन्तर्गत जिल्लमा तीन दिन सम्म अभियान संचालन हुने र सोकालागि  एक हजार ५ सय १६ जना स्वयमसेवक परिचालन हुनेछन् । जसमा स्वास्थ्यकर्मी ३ सय ७९, स्वयमसेवक १०५०, चिकित्सक ६२ र निरिक्षक २५ जना खटाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरुलाई सो सम्बन्धी तालिम दिएर कार्यक्रममा खटाउने आयोजकले जनाएको छ । 

पर्वत जिल्लाको खानीगाउँमा ३ सय जना मध्ये २ र पाङमा ३ सय जनामा १३ जनामा यो रोगको लक्षण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङक छ । रोग निवारणको लागि जिल्लामा यो अभियान संचालन गर्नको लागि ६८ लाख रकम विनियोजन भएको जनाइएको छ । 

पहिलो दिन  जिल्लाका विभिन्न बुथबाट औषधि खुवाउने, दोस्रो र तेस्रो दिन घरदैलो भने घरदैलो कार्यक्रम गरी औषधि खुवाउने कार्यक्रम रहेको जिल्ला अस्पताल पर्वतका प्रमुख बरालले बताए ।

उनका अनुसारमा जिल्लामा गत बर्ष १३ जना विरामीमा यसको लक्षण देखा परेको र पर्वतमा अझै पनि हात्तीपाइले         रोगको संक्रमण रहेको देखिएपछि यो औषधी खुवाउन लागिएको हो । आठौ पटक पनि जिल्लामा हात्ती पाइले रोगको औषधी खुवाउने अभियान संचालन हुन लागेको हो । 

दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला,     दीर्घरोगी, एक हप्ता नपुगेका सुत्केरी महिलाले हात्तीपाइलेको औषधि सेवन गर्न नहुने उनको भनाइ छ । अभियान सञ्चालन हुने जिल्लामा पर्वत, म्याग्दी, बाग्लुङ,  पाँचथर, इलाम, झापा,मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुम, उदयपुर, ललितप, लमजुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत दैलेख, जाजरकोट, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ बैतडी र दार्चुला रहेका      छन् ।

नेपालका ६१ जिल्ला हात्तीपाइले रोगको जोखिमयुक्त जिल्लामा छन्। तीमध्ये सबै जिल्लामा विभिन्न चरणमा गरी औषधि खुवाइने कार्यक्रम चलिसकेको छ । जसमध्ये ३१ वटा जिल्लाका कार्यक्रम समाप्त भइसकेको छ ।

त्यसैगरी हात्तीपाइले रोगका कारण हाइडूोसिलका बिरामी बढेपछि देशभरका ६० अस्पतालबाट शल्यक्रिया गर्ने प्रबन्ध मिलाइएको छ । नेपालमा करिब एक लाख हाइडूोसिलका बिरामी रहेको अनुमान छ ।

जाडोमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुष अण्डकोष ठूलो हुनु, दुख्नु, गिर्खा भेटिनु र पछि हाइड्रोसिल अर्थात् अण्डकोष वरिपरी पानी भरिएर ठूलो हुनेजस्ता लक्षण देखिएमा हात्तीपाइले (फाइलेरिया) भएको हुनसक्छ। साथै, महिलामा यौनाङ्ग अथवा स्तन सुन्निनु र दुख्ने भएमा पनि हात्तीपाइले भएको हुनसक्छ । 

त्यसैले सरकारले  चालु आर्थिक वर्षमा सो रोगको सर्वे गर्ने र निःशुल्क हाइडूोसिल शल्यक्रियाका लागि रु ३६ करोड विनियोजन     गरेको छ ।

नेपालमा हात्तीपाइले       रोग उचेरेचिया काँक्राफ्टि परजीविको सङ्क्रमणबाट फैलिएको पाइएको छ । सङ्क्रमित भएको मान्छेको शरीरमा खासगरी रातिको समयमा छालामुनि रहेको रगतको नलीमा माइक्रोफाइलेरिया प्रवेश     गरी बस्ने हुँदा सो समयमा क्यूलेक्स या अन्य जातको लामखुट्टेबाट सङ्क्रमण फैलने       गर्दछ ।

विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगका रूपमा चिनिएको यो रोगको नेपालका ६१ जिल्लामा सङ्क्रमण देखिएपछि सरकारले सन् २००३ देखि निवारणका लागि औषधि सेवन गराउने कार्य सुरु गरेको थियो ।

सन् २०२० सम्म नेपालबाट पूर्णरूपमा यो रोग निवारण गर्ने उद्देश्यका साथ सन् २०१८ सम्म सबै जिल्लाका मानिसलाई औषधि खुवाइसक्ने लक्ष्य नेपाल सरकारले राखेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल