2026-08-29 11:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

वास्तविक द्धन्द्ध पिडित छानविन गरी राहात वितरण गर्नुपर्नेमा जोड

नन्दराम जैशी/फागुन २३, जुम्ला । हलसम्म राहात नपाएका जुम्लाका बास्तबीक द्धन्द्ध पिडितको नाम छानबिन गरी राहात वितरण गर्नुपर्नेमा जुम्लाका सरोकारवाला निकायले जोड दिएका छन् । 

अझै राहात पाउन बाँकि जुम्लाका बास्तबीक द्धोन्द्ध पिडित को को हुन् भन्ने बिषयमा कतै तथ्याङक नभएकाले त्यसको छानबिन गरी राहात बितरण गर्नुपर्ने जुम्लाका सरोकारवालाको भनाइ छ । स्थानिय शान्ती समिति जुम्लाद्धारा आज आयोजित अन्र्तक्रिया कार्यक्रममा सहभागि द्धोन्द्ध पिडित तथा सरोकारवाला निकायका प्रतिनिधिहरुले यस्तो बताएका हुन् ।

सशत्र द्धोन्द्ध तथा अन्य समयमा द्धोन्द्धका कारण प्रभावित भएका द्धोन्द्ध पिडितको लगत संकलन गरी पिडितलाइ न्याय तथा राहातका कार्यक्रम संचालन भएपनि जुम्लामा भने प्रभावकारी नभएको द्धोन्द्ध पिडित तथा जुम्लाबासिले बताएका छन् । अन्र्तक्रियामा बोल्दै हाँकुका हरीदत्त न्यौपानेले सशत्र द्धोन्द्धको क्रममा आफ्नो बहिनिको मुत्यूभइ कार्यदलमा नाम आएपनि राहात नपाएको गुनोसो ब्यक्त गर्नुभयो । त्यस्तै तातोपानि ४ कि चरु रोकायाले सशत्र द्धोन्द्धको क्रममा आफ्ना दुइ भाइको मुत्यूभएपनि राहात नपाएको भन्दै पिडितलाइ मलम लगाउनुको सट्टा पटक पटक झस्काएर राज्यले अझै आगो सल्काउने काम गरेको दावि गर्नुभयो । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले निर्देशिकाका आधारमा मात्र द्धोन्द्ध पिडित लक्षीत राहात बितरणका कार्यक्रम संचालन गर्न जिल्लाका सम्बन्धीत निकायलाइ निर्देशन दिनुभयो ।

 द्धोन्द्ध पिडित ब्यक्तिको कार्यदलबाट नाम आएको तर राहात नपाएको खण्डमा तत्काल छानबिन गरी राहात बितरण गर्न शान्ती समितिलाइ उहाको सुझाब छ । आवाश्यक प्रक्रिया पुरा गरेर आएका कुनै पनि द्धोन्द्ध पिडितलाइ न्याय दिलाउनु राज्यको कर्तब्य भएको भन्दै त्यस्ता पिडित ब्यक्तिलाइ उद्धारका कार्यक्रबाट कुनै पनि निकायले बन्चीत गर्न नहुने प्रमुख जिल्ला अधिकारी सापकोटाको तर्क छ । स्थानिय शान्ती समितिका अध्यक्ष राजेश भण्डारीले द्धोन्द्ध पिडित र प्रशासनबिचको पुलको काम शान्ती समितिले खेलिरहेको भन्दै प्रक्रिया पुरा नगरेर आएका फाइल प्रशासनमा थन्कीएको बताउनुभयो ।   

 शान्ती समितिका सदस्य शाहासि राज कुमार शाहिले  महिला तथा बालबालिका र जिल्ला शिक्षा कार्यालयबाट बितरण हुने द्धोन्द्ध पिडित बालबालिकाका लागि छात्रबृति रकम पाउने एउटै बालबालिका दोहोरिएको टिप्पणी गर्नुभयो । जिल्ला शिक्षा कार्यालय जुम्लाका विद्यालय निरीक्षक मक्कर बहादुर भण्डारी र महिला विकास अधिकृत गोमा प्रसाँइले निर्देशिकाका अनुसार कार्यालयले द्धोन्द्ध पिडित बालबालिकालाइ छात्रबृति रकम बितरण गरेको जानकारी दिदै कोहि छुटेको तथा दोहोरिएको भन्ने बिषयमा छानबिन गरीने बताउनुभयो । नगर अधिकृत केशवराज शर्माले एउटै ब्यक्त विभिन्न सेवाका लागि सिफारिस लिन आउने भएकाले सिफारिस दिदाँ बास्तबीक द्धोन्द्ध पिडित चिन्न असजिलो हुने बताउनुभयो ।    

 नेकपा एमाले जुम्लाका सचिब आदि प्रसाद न्यौपानेले स्थानिय शान्ती समिति जुम्लाले हाल सम्म द्धोन्द्ध पिडितको तथ्याङक संकलन गर्न नसक्नु समिति र समितिका कर्मचारीको कार्य सम्पादनमा प्रश्न चिन्न खडा गर्नुभयो । नेपालि कांग्रेस जुम्लाका सदस्य चेतन रावलले सशत्र द्धोन्द्धमा होमिएका मात्र नभइ लुटिएका स्थानियले पनि अझै सम्म राहत नपाएको स्पष्ट पार्नुभयो । विप्लप माओबादि भेरी कर्णाली प्रतिनिधि सभा अध्यक्ष चन्द्रबिर तिरुवाले द्धोन्द्धबाट अंगभंग भएकाको राज्यले पुर्नस्थापना तथा पुर्नएकिकरण गर्न नसकेको दावि गर्नुभयो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ