कृष्ण कँडेल/फागुन २४, बागलुङ । १ सय ७ औं अन्तराष्ट्रिय नारी दिवसको अबसरमा नारी शक्ति बुर्तिबाङले भोली पश्चिम बागलुङको बुर्तिबाङ बजारमा नारी दिवश विशेष कार्यक्रम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल/फागुन २४, बागलुङ । १ सय ७ औं अन्तराष्ट्रिय नारी दिवसको अबसरमा नारी शक्ति बुर्तिबाङले भोली पश्चिम बागलुङको बुर्तिबाङ बजारमा नारी दिवश विशेष कार्यक्रम "/>
2026-09-19 08:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिबाङमा नारी दिवसको अवसरमा विशेष कार्यक्रम हुने

कृष्ण कँडेल/फागुन २४, बागलुङ । १ सय ७ औं अन्तराष्ट्रिय नारी दिवसको अबसरमा नारी शक्ति बुर्तिबाङले भोली पश्चिम बागलुङको बुर्तिबाङ बजारमा नारी दिवश विशेष कार्यक्रम गर्दै छ । 

बदलिँदो परिबेशमा कामकाजी महिला, सन् २०३० सम्म बराबारी पाईला भन्ने मुख्य नारा तथा महिला सम्मानको आधार, सिपयुक्त हात र स्वरोजगार भन्ने सहायक नारासहित कार्यक्रम गर्न लागिएको नारी शक्ति बुर्तिबाङका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । नारी शक्ति बुर्तिबाङको आफ्नो नारा भने सक्षम महिला समृद्ध नेपाल रहेको छ । 

बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा पहिला अधिकारको बारेमा विशिष्ट व्यत्तित्वबाट सम्बोधन सहित चर्चित कलाकारहरुको सांस्कृतिक प्रश्तुति रहने आयोजकले जनाएको छ । 

सो अबसरमा कलाकारहरु बैकुण्ठ महत, शिलु भट्टराई, शितल शर्मा तथा स्थानिय कलाकारको पनि प्रश्तुति रहने सचिव कृष्णकुमारी आचार्यले जानकारी दिनुभयो । भोली विहान ११ बजेदेखि बुर्तिबाङ बसपार्कमा हुने कार्यक्रमको रेडियो बुर्तिबाङ ९५.६ मेगाहर्जले प्रत्यक्ष प्रसारण गर्ने छ । 

नारी दिवश महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले ¥याली, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम गरेर मनाउने गर्दछन् ।

सन् १९११ को मार्चमा अन्तर्रा्ष्ट्रिय महिला दिवस मनाउन सुरु गरिएपछि संसारभर मार्च ८ तारिखमा यो दिवस मनाउने गरिएको हो ।

अहिले नेपालको संविधानमा पनि जनसङख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाहरु को रहेक क्षेत्रमो समान सहभागितालाई उच्च प्रथमिकता सहित जागिर तथा नेतृत्वमा आरक्षणको व्यवस्था गरिएको छ । 

सरकारी नीति, कार्यक्रम र कार्ययोजनामा महिलाको अधिकतम सहभागितालाई सुनिश्चित गर्नुपर्ने संबैधानिक व्यवस्था रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई