१४ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा पनि मनाईयो सहिद दिवस

१६ माघ २०७२, शनिबार १४:५२

लक्ष्मी बिजले, माघ १६ बैतडी ।

आज शहीद दिवस । बैतडी सहित देशभर विभिन्न कार्यक्रम गरी देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झनाका साथ शहिद दिवस मनाईएको छ ।

दिवसको अवसरमा अमर शहीद दशरथ चन्दको जन्म घर बैतडीको दनपा ५ बस्कोटमा रहेको शहीद सदनमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको गरिएको थियो ।

दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजना तथा प्रतिष्ठानका अध्यक्ष शेर सिंह रावलको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यार्थी, शिक्षक, समाजसेवी, सेना प्रहरी, अन्य राष्ट्रसेवक कर्मचारी र संचारकर्मी लागायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागी सबैले शहीद सदन बस्कोटमा रहेको शालिकमा सबैले फूल माला सहित माल्यापर्ण गरेका थिए ।

शहीदको सम्मान नेपाल प्रहरीको टोलीले शहीद सलामी अर्पण गरेको थियो । यस्तै सभामा ज्ञातअज्ञात शहीदहरुप्रति एक मिनेटको मौनधारण गरी श्रद्धासुमन अर्पण गरिएको थियो ।

अमर शहीद दशरथचन्दप्रति श्रद्धासुमन व्यक्त गर्दै बैतडीका प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी अधिकारीले पाठकले सहदहरुको सपना साकार पार्न उनिहरुले देखाएको वाटोमा हिड्न सबैलाई आग्रह गर्नुभयो ।

सहिद दिवसकै अवसरमा बैतडीको बासुलिङ्गका एक जेष्ट नागरीक रणबहादुर चन्दले सदरमुकाम पुगेर सहिदलाई सम्झदै कविता बाचन गरेका थिए ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहाँनिया राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहुती गरेका वीर सपूतको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजपाद्वारा काठमाडौँमा विरोध प्रदर्शन वडाध्यक्ष रोजिना श्रेष्ठलाई पार्टी जिम्मेवारीबाट मुक्त गर्न रास्वपाभित्र माग सर्लाहीमा २ वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह विमान दुर्घटनापछि जेजु एयरले माग्यो माफी राष्ट्रपतिबाट सहकारीसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी ७० अर्ब निक्षेप संकलन गर्न राष्ट्र बैंकले गर्यो बोलकबोल आव्हान काठमाडौँमा किशोरीलाई ललाई फकाई गरी सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ विद्यालयका प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रशासनअघि विद्यार्थीको प्रदर्शन लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण भुसाललाई रिमालको चुनौतीः ह्याउ भए बनाऊ आफ्नै घर, अरूको घरको बाल मतलब दक्षिण कोरिया विमान दुर्घटना: अवतरणको क्रममा धावनमार्गमा चिप्लिएर बारमा ठोक्कियो विमान, १७९ जनाको मृत्यु (अपडेट) आज साताको पहिलो कारोवार दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? दक्षिण कोरिया विमान दुर्घटना: मृत्यु हुनेको संख्या ४७ पुग्यो नेपाल सरकारका प्रबक्ता गुरुङले गरे पर्यटनमन्त्री पाण्डेको सार्वजनिक रुपमा आलोचना यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक आज बस्दै दक्षिण कोरियाको एयरपोर्टमा जेजु एयरको विमान दुर्घटना हुँदा २८ जनाको मृ-त्यु कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर बिहान गयो भूकम्प आज हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना