2026-09-19 01:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा पम्पिङ गरेर खोलाको पानी

फागुन २५, खोटाङ । दिक्तेल नगरपालिकामा देखिएको खानेपानी समस्या समाधान गर्न साप्सुखोलाबाट पम्पिङ गरेर पानी तान्ने तयारी गरिएको छ । 

बढ्दो सहरीकरण तथा जनसङ्ख्य वृद्धिले नगरपालिकामा खानेपानीको समस्या दिनानु दिन बढ्दै गएपछि पम्पिङ गरेर खोलाको पानी ताल्ने तयारी गरिएको हो । 

बजार क्षेत्रबाट करिब एक हजार २०० मिटर तल रहेको खोलाको पानी बिजुलीमार्फत निकाल्न सर्भेक्षणसमेत गरिएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयमार्फत सञ्चालन हुने उक्त आयोजनाका लागि यसवर्ष रु २० लाख बजेट विनियोजन गरिएको छ । 

नगरपालिकामा हाल सञ्चालित पानीको मुहान सुक्दै गएको तथा अन्य ठाउँबाट ल्याउने मुहान नपाएपछि खोलाको पानी तान्ने योजना बनाइएको राप्रपाका नेता अर्जुन राईले बताउनुभयो । 

“दिक्तेल नगरपालिकामा देखिएको खानेपानी समस्या समाधान गर्न उपयुक्त ठाउँमा पानीको मुहान पाइएनँ” उहाँले भन्नुभयो, “जटिल रुपमा देखिएको समस्या समाधान गर्न पम्पिङ प्रविधि अपनाएर साप्सुखोलाबाट पानी निकाल्ने तयारी गरिएको हो ।” 

जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयको समन्वयमा सञ्चालन हुने आयोजनाको डिटेल सर्भे इगल सोलुसन कन्सलटेन्सीले गरेको छ । आयोजना सम्पन्न गर्न कति बजेट र समय लाग्ने भन्नेमा सर्भेक्षण प्रतिवेदन आउन बाँकी छ । 

करिब दश ठाउँमा लिफ्ट गर्दै निकालिने पानी मझुवागडीमा जम्मा गरेर वितरण गर्ने योजना बनाइएको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयका प्रमुख विजय ठाकुरले जानकारी दिनुभयो । 

“अहिले नगरपालिकामा १५ देखि २० लिटर प्रतिसेकेन्ड पानीको आवश्यकता देखिन्छ” उहाँले भन्नुभयो, “पम्पिङ प्रविधिको आयोजना सम्पन्न गर्न सके त्यो समस्या समाधान गर्न सकिन्छ ।” 

पानी अभावमा बजारवासी, सशस्त्र प्रहरी बेसक्याम्प लगायतलाई सार्नुपर्ने अवस्था आउन लागेकाले खोलाको पानी पम्पिङ गरेर तान्ने तयारी गरिएको कार्यालयले जनाएको छ । करिब चार हजार घरधुरी रहेको नगरपालिकामा लामो समयदेखि हिउँदमा खानेपानीको हाहाकार नै मच्चिने गरेको छ । 

नगरपालिकामा अहिले दुई वटा योजनाबाट करिब ६ लिटर प्रतिसेकेन्ड पानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । बिहान÷बेलुका करिब दुई घन्टा वितरण गर्ने व्यवस्था मिलाइए पनि कतिपयको धारामा पानी पुग्दैन । 

सुख्खाग्रस्त क्षेत्र लिच्कीराम्चे र हलेसी क्षेत्रमा नदीको पानी तान्ने तयारी भइरहेका बेलामा नागरपालिकामा पनि खोलाको पानी तान्ने योजना अघि सारिएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई