२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

जिविसबाट बजेट छुट्याउन बर्दियाका द्वन्द्वपीडितको माग

२०७३, २६ फाल्गुन बिहीबार ०७:०३

फागुन २६, बर्दिया । सशस्त्र द्वन्द्वको क्रममा पीडित भएका व्यक्ति तथा परिवारका सदस्यले द्वन्द्वपीडित लक्षित कार्यक्रम तथा आयोजनाको लागि पनि जिल्ला विकास समितिले बजेट छुट्याउनु पर्ने माग गरेका छन् । 

हरप्लेस, बर्दियाको आयोजना र द्वन्द्वपीडित समिति, बर्दियाको समन्वयमा बर्दियाको गुलरियामा बुधबार भएको ‘द्वन्द्वपीडितको सवाल र स्थानीय सेवा प्रदायकको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा अधिकांश द्वन्द्वपीडित आर्थिकरुपमा कमजोर भएकाले उनीहरुलाई लक्षित गर्दै आयआर्जनमूलक, सीपमूलकलगायत सशक्तीकरणका आयोजना तथा कार्यक्रमका लागि बजेट छुट्याउन जिल्ला विकास समितिलाई आग्रह गरिएको थियो । 

त्यसका साथै जिल्ला विकास समितिद्वारा निर्माण गरिने सडक, प्रतिक्षालय, पुल जस्ता भौतिक पूर्वाधारमा राजनीतिक सहमति जुटाई त्यस क्षेत्रका द्वन्द्वपीडितको नामबाट नामाकरण गर्न माग गरेका थिए । 

त्यसैगरी, प्रभावकारीरुपमा कार्य गर्न गाविसस्तरीय स्थानीय शान्ति समितिको पुनःगठन गर्न स्थानीय समिति बर्दियालाई आग्रह गरेका थिए । गाविसस्तरीय स्थानीय शान्ति समिति गठन भएदेखि अहिलेसम्म पुनःगठन नै भएको छैन र आफूखुसी चलाएको भन्ने गुनासो द्वन्द्वपीडितको रहेको छ । 

स्थानीय शान्ति समिति गठन तथा सञ्चालन निर्देशिका अनुसार ६÷६ महिनामा संयोजक फेर्ने भनिएता पनि कुनै कुनै गाविसमा हालसम्म पनि फेरबदल नभएको गुनासो द्वन्द्वपीडितको रहेको छ जसले गर्दा द्वन्द्वपीडितका सवाल र समस्यका विषयमा पहल गर्ने दरिलो संयन्त्रको अभाव द्वन्द्वपीडितले महसुस गरिरहेका छन् । 

कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी तेजराज शर्माले भन्नुभयो “आगामी वर्षका लागि द्वन्द्वपीडित लक्षित कार्यक्रम सञ्चालनका लागि बजेट छुट्याउने छु । द्वन्द्वपीडितसँग सम्बन्धित आयोजना तथा कार्यक्रम अहिलेसम्म समावेश गरिएको छैन । तर अब यस सवाललाई गम्भीरताका साथ लिएको छु ।” 

यस अन्तरसंवाद कार्यक्रमको अध्यक्षता द्वन्द्वपीडित समितिका अध्यक्ष भागीराम चौधरीले गर्नुभएको थियो र प्रमुख अतिथिको रुपमा स्थानीय विकास अधिकारी तेजराज शर्मा हुनुहुन्थ्यो । 

त्यसैगरी, अतिथिका रुपमा महिला तथा बालबालिका कार्यालयका प्रतिनिधि, स्थानीय शान्ति समिति, बर्दियाका प्रतिनिधि सुशील थापा उपस्थित हुनुभएको थियो र द्वन्द्वपीडित उपस्थित भएका थिए । कार्यक्रम सञ्चालन हरप्लेस, बर्दियाका जिल्ला संयोजक कुलराज चौधरीले गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ