कविता उपाध्याय/फागुन २७, रोल्पा । महिला दिवसकै सङ्घारमा मङ्गलबार रोल्पामा एकैसाथ फरक फरक गाविसका तीन जोडीले जिल्ला अदालत रोल्पामा पुगी सम्बन्ध विच्छेद गरेका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कविता उपाध्याय/फागुन २७, रोल्पा । महिला दिवसकै सङ्घारमा मङ्गलबार रोल्पामा एकैसाथ फरक फरक गाविसका तीन जोडीले जिल्ला अदालत रोल्पामा पुगी सम्बन्ध विच्छेद गरेका"/>
२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा तीन जोडीको एकैदिन सम्बन्ध विच्छेद, यस्ता छन् कारण ?

२०७३, २७ फाल्गुन शुक्रबार ०७:४६

कविता उपाध्याय/फागुन २७, रोल्पा । महिला दिवसकै सङ्घारमा मङ्गलबार रोल्पामा एकैसाथ फरक फरक गाविसका तीन जोडीले जिल्ला अदालत रोल्पामा पुगी सम्बन्ध विच्छेद गरेका छन्।

यसरी सम्बन्ध विच्छेद गर्ने जोडी २२ देखि ५४ वर्ष उमेर समूहका रहेका छन् । 

एकसय सातौँ अन्तर्राष्ट्रिय महिला दिवस सभ्य र भव्यरुपमा सम्पन्न गर्नका लागि महिला तथा बालबालिका कार्यालय रोल्पासहित जिल्लाका विभिन्न सरोकारवाला निकायको तयारी तीव्र भइरहेकै बेला उनीहरुले सम्बन्ध विच्छेद गरेका हुन्। एकातिर लैङ्गिक हिंसा अन्तका लागि समाजमा विभिन्न नारा अगाडि सारिएका छन्, राज्यले ठूलो मात्रामा धनराशि खर्चिएको छ भने अर्कोतिर महिला सदियौँदेखि चल्दै आएको लैङ्गिक हिंसाबाट अछुतो हुन सकिराखेका छैनन् ।

पुरुषवादी समाजमा अझै पनि महिला प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हिंसाको सिकार बनिरहेका प्रशस्तै उदाहरण समाजमा व्याप्त छन् । यसरी हिंसाको सिकार बनिरहेका महिला नचाहेर पनि सम्बन्ध विच्छेदको निर्णयमा पुगेको उनीहरुले बताए । मानसिक तथा शारीरिकरुपमा श्रीमान्बाट यातना सहेर सँगै बाँच्नुभन्दा सम्बन्ध विच्छेद गरेर बरु दुःखै सहन उचित ठानी आफूहरु यो निर्णयमा पुगेको उनीहरुको भनाइ छ । जौलिपोखरी–३ रोल्पाकी २२ वर्षीय सुकमती राना सम्बन्ध विच्छेदका लागि भन्दै मङ्गलबार जिल्ला अदालत रोल्पा आइपुगेकी थिइन्। 

गत माघको अन्तिम साता श्रीमान्ले सौता हालेर यातना दिएपछि सौतासँग बसेर बाँकी जीवन काट्न नसक्ने भन्दै उहाँ सम्बन्ध विच्छेदका लागि लिबाङ आइपुगेकी हुन् । रानाले १५ वर्षको उमेरमा घोडागाउँ–७ रोल्पाका १८ वर्षीय गोपाल बस्नेतसँग प्रेम विवाह गरेकी थिइन्। करिब ६ वर्ष लामो वैवाहिक जीवन बिताएको भएपनि यो जोडी करिब २ वर्ष मात्र सँगै बसेको छ । पटकपटक श्रीमान् वैदेशिक रोजगारीका लागि बाहिरिएको हुँदा रानाले परिवारसँगै बसेर दुःखसुखका साथ जीवन चलाउँदै आएको बताइन्।

बाइस वर्षीय राना यसअघि नै दुई सन्तानकी आमा बनिसकेकी छन् । तर दुर्भाग्य हाल उनको काख रित्तो छ । उनका ससुराले गर्भवती भएका बेला धेरै काम गर्नुपर्ने ठूलाठूला भारी बोक्न लगाएका कारण उनको ७ महिना र अर्को ८ महिनाको गर्भपतन भएको रानाको आरोप छ । रानाले आँसुका धारा बगाउँदै भनिन्, “न सन्तान बाँचे, न श्रीमान् आफ्नो बन्यो, न त घरमा सासूससुराले माया गर्छन्, कस्को मुख हेरेर बाँचु रु तपाईं आफैँ भन्नुस् ।” रानाका श्रीमान्को तर्क छ, “जेठी श्रीमतीबाट जन्मेका दुवै सन्तान बाँचेनन्, त्यसैले सन्तानको रहर पूरा गर्न दोस्रो विवाह गरेँ ।”

के गर्भपतन हुनु वा सन्तान जीवित नरहनुमा महिलाकै मात्र दोष रहन्छ र? यस विषयमा सरोकारवाला गम्भीर बन्नुपर्ने बेला आएको छ । रानाकी आमाले छोरीको कर्ममा लेखिएको कुरा भोग्नैपर्ने भएको हुँदा मन बुझाएर सौतासँग मिलेर बस्नुपर्ने सल्लाह दिएकी छन् । तर सम्भावना नरहेपछि राना सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत रोल्पामा आएकी हुन्। 

यस्तै, बुढागाउँ–९ रोल्पाकी ५४ वर्षीया शान्ति विकले श्रीमान्सँग सम्बन्ध विच्छेद गर्ने इच्छा नहुँदा नहुँदै पनि सम्बन्ध विच्छेद गर्न बाध्य भएको बताइन् । उनका अनुसार २० वर्षको उमेरमा जुँगार–२ रोल्पाका १९ वर्षीय वीरमान सुनारसँग उनको प्रेम विवाह भएको थियो ।

विवाहपछि यो जोडीका सबैजसो पल सामान्य नै रहे । तर पनि करिब ११ वर्षपहिले देखि घरायसी विवाद वा सामान्य झैझगडाका कारण यो जोडीको पारिवारिक सम्बन्ध सुमधुर बन्न सकेन । श्रीमान् घरबाहिर बस्ने, घरकी श्रीमतीलाई वास्ता नगर्ने गर्दै आएको भएपनि एक छोरा र तीन छोरीकी आमा बनेकी विक सन्तानको संरक्षण गर्दै घरमै बस्दै आएकी थिइन्। 

करिब एक वर्षपहिले उनका श्रीमान्ले तीन छोरी र एक छोराकी आमा बनिसकेकी ४९ वर्षीय महिलालाई कान्छी श्रीमतीका रुपमा दाङमै भित्र्याए। यसरी सौता हालेका श्रीमान् घर फर्केर सम्बन्ध विच्छेदका लागि करकाप गर्न थालेपछि आफन्त र छोराका साथमा मङ्गलबार उनी जिल्ला अदालत रोल्पा आइपुगेकी हुन्। 

“मर्ने बेलामा यो ठाउँमा आउनु पर्‍यो, भिन्नै बसौँ, सम्बन्ध विच्छेद नगरौँ, मलाई तपाईंले हेर्नु पर्दैन भन्दापनि उहाँले सम्बन्ध विच्छेद गर्न बाध्य गर्नुभयो । नचाहेर पनि उहाँको खुसीका लागि सम्बन्ध विच्छेद गरेँ,” भावुक बन्दै विकले भनिन्। 

उनलाई अन्तिमसम्म पनि सम्बन्ध विच्छेद गर्ने चाहना थिएन । तर यो जोडीको करिब ३४ वर्ष लामो सहयात्रा मङ्गलबारदेखि फरक फरक गन्तव्यका लागि मोडिएको छ । श्रीमान्ले सम्बन्ध विच्छेदका लागि निवेदन दिँदा प्रक्रिया लामो र झन्झटिलो हुने भएपछि सुनारले श्रीमतीलाई इच्छा नहुँदा नहुँदै पनि सम्बन्ध विच्छेदका लागि निवेदन दिन लगाएका सुनारका छोरा थानबहादुर विक र मामाभाइ गणेशकुमार विकले जानकारी दिए। 

यस्तै, तालाबाङ–२ रोल्पाकी २४ वर्षीया दिलकुमारी वली सरकारी विद्यालयकी शिक्षिका छन्। आजभन्दा ६ वर्षपहिले एसएलसी उत्तीर्ण गरेलगत्तै कक्षा ७ पढेर बीचमै पढाइ छोडेका गाउँकै २० वर्षीय झुपलाल डाँगीसँग परिवारको करकापमा उनको मागी विवाह भएको थियो । तर विवाह पछिका कुनै पनि पल सुखद रहेनन् । रातदिनको झैँझगडाले श्रीमान्श्रीमती दुवैलाई मानसिक तनाव भइरह्यो ।

यसअघि दुईपटक सम्बन्ध विच्छेदका लागि तयार यो जोडी आफन्तको सल्लाह सुझावबमोजिम बाहिरी रुपमा मिलेर फर्किएको जोडी मनैदेखि मिल्न सकेन अनि अन्तमा सहमतिमै सम्बन्ध विच्छेदका लागि भन्दै मङ्गलबार पुनः जिल्ला अदालत रोल्पामा आएको हो ।

“म पढ्न चाहन्छु जागिर गर्न चाहन्छु, तर श्रीमान् घर व्यवहार चलाउनुपर्छ भनेर प्रेसर गर्नुहुन्छ”, वलीले भनिन्। तर डाँगी भने एसएलसी उत्तीर्ण गरेकी श्रीमतीलाई आफूले नै यो ठाउँसम्म ल्याइपु¥याएको दाबी गर्छन् । करिब ६ वर्ष लामो सहयात्रा गरेको यो जोडीको सन्तान भने जन्मिएका छैनन् । अन्तमा मङ्गलबार यो जोडीको पनि सम्बन्ध विच्छेद भएरै छाड्यो ।

समाजसेवी सरस्वती आचार्यका अनुसार यी तीनवटै सम्बन्ध विच्छेदका घटनामा महिला नै पीडित भएको देखिन्छ । उनले यसरी श्रीमतीमाथि अन्याय गर्ने पुरुषलाई कडाभन्दा कडा कानुनी कारबाही नभएसम्म यस प्रकारका घटना अन्त हुन नसक्ने बताइन्। 

यस्तै, अधिकारकर्मी श्रीकुमारी रोकामगरका अनुसार श्रीमान्ले घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्छ भने त्यसलाई स्वीकारेर उसैसँग बसिराख्नुपर्छ भन्ने बाध्यता महिलालाई हुनु हुँदैन । 

श्रीमतीले पनि कुनै पेसा–व्यवसाय गरेर बाँच्ने बाटो अपनाउन सकिन्छ ।

दिवस मनाउनु मात्र ठूलो कुरा होइन दिवसले केही हदसम्म सन्देश दिन्छ, तर पूर्णरुपमा हिंसा न्यूनीकरण हुँदैन । घरघरबाट छोरा र छोरीका बीचमा विभेद अन्त गर्दै अगाडि बढ्न सकेमात्र समाज परिवर्तनमा थप टेवा मिल्ने देखिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ