सास । फागुन २७, बर्दिया । 

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ८ मा निर्माण गरिएको कल्भर्ट भारतीय नागरिकले भत्काएपछि शुरु भएको विवादका कारण भारतीय सीमा सुरक्षाबल एसएसवीले चलाएको गोलीका कारण गोविन्द गौतमको मृत्यु भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । फागुन २७, बर्दिया । 

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ८ मा निर्माण गरिएको कल्भर्ट भारतीय नागरिकले भत्काएपछि शुरु भएको विवादका कारण भारतीय सीमा सुरक्षाबल एसएसवीले चलाएको गोलीका कारण गोविन्द गौतमको मृत्यु भ"/>

2026-09-18 11:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

नेपाली झण्डासहित भारतीय विस्तारवादको विराेध

सास । फागुन २७, बर्दिया । 

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ८ मा निर्माण गरिएको कल्भर्ट भारतीय नागरिकले भत्काएपछि शुरु भएको विवादका कारण भारतीय सीमा सुरक्षाबल एसएसवीले चलाएको गोलीका कारण गोविन्द गौतमको मृत्यु भएको विरोधमा आज साँझ गुलरिया नगरक्षेत्रमा नेपालको राष्ट्रिय झण्डासहित विभिन्न नाराहरु लगाउँदै र्याली निकालेर नेपाली विद्यार्थी तथा नागरिकहरुले विरोध प्रदर्शन गरेका छन् । 

र्यालीले गुलरिया बजार परिक्रमा गरि स्थानीय राधाकृष्णचोकमा विरोध सभाको आयोजना गरिएको थियो । सभामा बोल्ने अधिकांश व्यक्तिहरुले भारतीय विस्तारवादको विरोध गर्दै भारतसँग नेपालको सदियौँदेखिको सम्बन्ध भएपनि हामी नेपालीको अस्मितामाथि गरेको अन्याय र अत्याचार सहन नसक्ने, यसका लागि हामी लाखौँ युवा छातीमा गोली थाप्न तयार रहेको अभिव्यक्ति दिइएको थियो । एउटा नागरिक मर्नु भनेको यो देशका शासक वा नेताहरु मर्नु सरह हो भन्दै सिमा अतिक्रमण भारतीयहरुले यथाशीघ्र रोक्नुपर्नेमा जोड दिइएको थियो । 

कार्यक्रममा आम गुलरियाबासी नागरिक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई