२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

दुर्गममा नागरीकता दिदै आमाको श्राध्य

२०७२, ५ फाल्गुन बुधबार १४:१२

nagarikata bitaranनरी बडु/फागुन ५, बैतडी । जिल्लाका दुर्गम गाँउमा जान र जनताको समस्यालाई नजिकबाट नियाल्न उत्सुक हुने बैतडीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले आमाको श्राध्य समेत दुर्गमका जनताहरुलाई नागरीकता दिएर दिएर बनाएका छन् ।

जिल्लाका सबै सरकारी कार्यालयहरुको एकिकृत घुम्ती शिविरको संयोजक आफै भएर बैतडीको दुर्गम क्षेत्रमा पर्ने तल्लोस्वराड पुगेका अधिकारीले उक्त क्षेत्रमा बासोबास गर्ने र अहिले सम्म नागरीकता बनाउन नसकेका बृद्ध तथा अन्य नागरीकहरुलाई नागरीकता प्रदान गरेर आफ्नो आमालाई सम्झीएका हुन् ।
आमाको स्नेह र प्रेरणले प्रमुख जिल्ला अधिकारी सम्मको ओहदामा पुगेका अधिकारीले आफ्नो आमाको श्राध्यको दिन त्यहाँका बृद्ध आमाहरुसंग सुख दुख साटेर आफ्नो जननी आमालाई सम्झीएका हुन् ।

उक्त क्षेत्र सदरमुकामबाट निकै टाढा भएकाले त्यहाका धेरैजसो स्थानियले अहिलेसम्म नेपाली नागरीकता बनाउन सकेका थिएनन् ।
सामान्य सरकारी कर्मचारीहरु संगपनि भेट नभएका त्यस क्षेत्रका आमाहरु प्रमुख जिल्ला अधिकारी जस्तो व्यक्ति संग प्रतक्ष कुराकानि र सुख दुखका कुरा गर्न पाउदा निकै हर्षित देखिएका थिए ।

आफ्नो आमाको श्राध्यको दिन आमाको सम्झना स्वरुप स्थानिय केहि आमाहरुलाई दक्षिणा स्वरुप प्रमुख जिल्ला अधिकारीले दिएको रुपयाँ ग्रहण गर्ने क्रममा केहि आमाहरुको आँखा रसाएको थियो भने भित्रि मनले निकै खुसि देखिएका अधिकारीको आखाँपनि रसाएजस्ते देखिन्थ्यो ।

त्यस क्षेत्रका केहि जेष्ट नागरीकहरुले त नागरीकता पाउनु अधिनै चितामा चढिने सोचेका थिए तर संयोगबस प्रमुख जिल्ला अधिकारी दैलोमै पुगेर नागरीकता पाएपछि नेपाल सरकार र नेपाली हुँ कि भन्ने आभाष भएको छ ।

हजारौँ रुपयाँ खर्च गरेर सदरमुकाम आई नागरीकता बनाउन नसकेका त्यस क्षेत्रका ९ सय ३ जनाले नेपाली नागरीकताको प्रमाणपत्र हात पारेका छन् । त्यस क्षेत्रका धेरैजसो स्थानियका आमाबुवाको नागरीकता नभएकाले छोराछोरीको नागरीकता बनाउन समेत समस्या हुने गरेको थियो ।

यस्तै एकिकृत घुम्ती शिविरमा ५६ अपाङ्ग परिचयपत्रको वितरण, ५ सय भन्दा बढी फोटोसहितको मतदाता नामावली सङ्कलन, छवटा प्रविधि हस्तान्तरण, सातजना चितुवाको आक्रमणबाट घाइतेका लागि सोलार प्यानल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।

शिविरमा भूकम्प प्रतिरोधी निर्माणबारे जनचेतना, कृषि सेवा तथा बीउ वितरण, पशुसेवा तथा औषधि वितरण, फलफूलखेतीसम्बन्धी प्रचारप्रसार गरिएको समेत उनले बताए ।

यसैबीच जिल्ला स्वास्थ्य कार्यालय बैतडीको स्वास्थ्य शिविरबाट ४ सय बढी महिला लाभान्वित भएका छन् । मेलौलीको केशरपुर स्वास्थ्य चौकीमा भएको शिविरमा १ सय ३५ जना महिलाको अल्ट्रासाउन्डमार्फत गर्भजाँच गरिएको छ भने ११ जना महिलाको बन्ध्याकरण गरिएको छ ।

यस्तै कुलाउमा १ सय ९ जना गर्भवती महिलाको जाँच गरिएको छ भने शर्माली गाविसमा ८८ जना गर्भवती महिलाको जाँच गरिएको छ । २९ जना महिलाले बन्ध्याकरण गरेका छन् भने चारजना पुरुषले पनि बन्ध्याकरण गरेका छन् ।

यस्तै २० जना महिलाले इम्पलान्ट सेवा लिएका छन् भने चारजना पाठेघर खसेका महिलाको रिङ्पे्रसरी राखिएको छ । यस्तै ११ जना महिलाले पाखुरामा राखेको इम्पलान्ट निकालेका छन् ।

यस्तै सलेना गाविसमा सातजनाको बन्ध्याकरण गरिएको छ भने २५ जना गर्भवती महिलाको अल्ट्रासाउन्डमार्फत जाँच गरिएको छ । यस्तै एकजना महिलाले पाखुरामा राखेको इम्पाल्नट निकालेको डा गुणराज अवस्थीले जानकारी दिए । उक्त घुम्ती शिविरबाट तल्लोस्वराड क्षेत्रका २ हजार बढी स्थानियले सरकारी सेवा लिएका थिए ।

गएको माघ २२ गते देखि २६ गते सम्म तल्लोस्वराड क्षेत्रमा जिल्लाबाट प्रदान गरीने सबै प्रकारका सरकारी सेवाहरुको एकिकृत घुम्ती शिविर संञ्चालन गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा