४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

दुर्गममा नागरिकता दिदै आमाको श्राध्य

५ फाल्गुन २०७२, बुधबार १४:३६

nagarikata bitaranनरी बडु/फागुन ५, बैतडी ।
– शिविरबाट २ हजार बढी लाभाम्बित
जिल्लाका दुर्गम गाँउमा जान र जनताको समस्यालाई नजिकबाट नियाल्न उत्सुक हुने बैतडीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले आमाको श्राध्य समेत दुर्गमका जनताहरुलाई नागरीकता दिएर दिएर बनाएका छन् ।

जिल्लाका सबै सरकारी कार्यालयहरुको एकिकृत घुम्ती शिविरको संयोजक आफै भएर बैतडीको दुर्गम क्षेत्रमा पर्ने तल्लोस्वराड पुगेका अधिकारीले उक्त क्षेत्रमा बासोबास गर्ने र अहिले सम्म नागरीकता बनाउन नसकेका बृद्ध तथा अन्य नागरीकहरुलाई नागरीकता प्रदान गरेर आफ्नो आमालाई सम्झीएका हुन् ।
आमाको स्नेह र प्रेरणले प्रमुख जिल्ला अधिकारी सम्मको ओहदामा पुगेका अधिकारीले आफ्नो आमाको श्राध्यको दिन त्यहाँका बृद्ध आमाहरुसंग सुख दुख साटेर आफ्नो जननी आमालाई सम्झीएका हुन् ।

उक्त क्षेत्र सदरमुकामबाट निकै टाढा भएकाले त्यहाका धेरैजसो स्थानियले अहिलेसम्म नेपाली नागरीकता बनाउन सकेका थिएनन् ।
सामान्य सरकारी कर्मचारीहरु संगपनि भेट नभएका त्यस क्षेत्रका आमाहरु प्रमुख जिल्ला अधिकारी जस्तो व्यक्ति संग प्रतक्ष कुराकानि र सुख दुखका कुरा गर्न पाउदा निकै हर्षित देखिएका थिए ।
baitadi 2आफ्नो आमाको श्राध्यको दिन आमाको सम्झना स्वरुप स्थानिय केहि आमाहरुलाई दक्षिणा स्वरुप प्रमुख जिल्ला अधिकारीले दिएको रुपयाँ ग्रहण गर्ने क्रममा केहि आमाहरुको आँखा रसाएको थियो भने भित्रि मनले निकै खुसि देखिएका अधिकारीको आखाँपनि रसाएजस्ते देखिन्थ्यो ।

त्यस क्षेत्रका केहि जेष्ट नागरीकहरुले त नागरीकता पाउनु अधिनै चितामा चढिने सोचेका थिए तर संयोगबस प्रमुख जिल्ला अधिकारी दैलोमै पुगेर नागरीकता पाएपछि नेपाल सरकार र नेपाली हुँ कि भन्ने आभाष भएको छ ।

हजारौँ रुपयाँ खर्च गरेर सदरमुकाम आई नागरीकता बनाउन नसकेका त्यस क्षेत्रका ९ सय ३ जनाले नेपाली नागरीकताको प्रमाणपत्र हात पारेका छन् । त्यस क्षेत्रका धेरैजसो स्थानियका आमाबुवाको नागरीकता नभएकाले छोराछोरीको नागरीकता बनाउन समेत समस्या हुने गरेको थियो ।
baitadi 3यस्तै एकिकृत घुम्ती शिविरमा ५६ अपाङ्ग परिचयपत्रको वितरण, ५ सय भन्दा बढी फोटोसहितको मतदाता नामावली सङ्कलन, छवटा प्रविधि हस्तान्तरण, सातजना चितुवाको आक्रमणबाट घाइतेका लागि सोलार प्यानल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।

शिविरमा भूकम्प प्रतिरोधी निर्माणबारे जनचेतना, कृषि सेवा तथा बीउ वितरण, पशुसेवा तथा औषधि वितरण, फलफूलखेतीसम्बन्धी प्रचारप्रसार गरिएको समेत उनले बताए ।

यसैबीच जिल्ला स्वास्थ्य कार्यालय बैतडीको स्वास्थ्य शिविरबाट ४ सय बढी महिला लाभान्वित भएका छन् । मेलौलीको केशरपुर स्वास्थ्य चौकीमा भएको शिविरमा १ सय ३५ जना महिलाको अल्ट्रासाउन्डमार्फत गर्भजाँच गरिएको छ भने ११ जना महिलाको बन्ध्याकरण गरिएको छ ।
baitadi 4यस्तै कुलाउमा १ सय ९ जना गर्भवती महिलाको जाँच गरिएको छ भने शर्माली गाविसमा ८८ जना गर्भवती महिलाको जाँच गरिएको छ । २९ जना महिलाले बन्ध्याकरण गरेका छन् भने चारजना पुरुषले पनि बन्ध्याकरण गरेका छन् ।

यस्तै २० जना महिलाले इम्पलान्ट सेवा लिएका छन् भने चारजना पाठेघर खसेका महिलाको रिङ्पे्रसरी राखिएको छ । यस्तै ११ जना महिलाले पाखुरामा राखेको इम्पलान्ट निकालेका छन् ।
baitadi 5यस्तै सलेना गाविसमा सातजनाको बन्ध्याकरण गरिएको छ भने २५ जना गर्भवती महिलाको अल्ट्रासाउन्डमार्फत जाँच गरिएको छ । यस्तै एकजना महिलाले पाखुरामा राखेको इम्पाल्नट निकालेको डा गुणराज अवस्थीले जानकारी दिए । उक्त घुम्ती शिविरबाट तल्लोस्वराड क्षेत्रका २ हजार बढी स्थानियले सरकारी सेवा लिएका थिए ।

गएको माघ २२ गते देखि २६ गते सम्म तल्लोस्वराड क्षेत्रमा जिल्लाबाट प्रदान गरीने सबै प्रकारका सरकारी सेवाहरुको एकिकृत घुम्ती शिविर संञ्चालन गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ