<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/45ad2e758af90ec0b02de1a3f12f5b211479105916.jpg" style="float: left;"><b>फागुन २९, धुलिखेल ।</b> काभ्रेको पनौती नगरपालिका–१० मा आज बिहान ४ बजे एक युवाको मुत्यु भएको छ । <br></p><p>जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायब उपरीक्षक नवीनराज राईले रातिदेखि नै जाँड खाएर तास खेलिरहेको अवस्थामा आपसमा झगडा हुँदा मुत्यु भएको हुन सक्ने बताउनुभयो । </p><p>मुत्यु हुनेमा काभ्रे जिल्लाको डाँडापारिस्थित गोकुले–४ का सोमबहादुर घलान रहेको बताइएको छ । तास खेल्दै जाँड खाएर आपसमा झगडा भएर मुत्यु भएको भन्ने कुरा आएको छ, हामीले पनि बुझ्दैछौँ । राईले भन्नुभयो – “घटनामा संलग्न रहेको आशङ्कामा चारजनालाई पक्राउ गरिएको छ । रासस </p>
March 12, 2017
काठमाडौँ - KTM, काभ्रेपलान्चोक - KVP, समाज
जाँड खाएर तास खेलिरहेका युवाबीच झडप, एकको मृत्यु
By kit
2 मिनेट पढाइ










