2026-09-19 08:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

काठखोला गाउँपालिकाको केन्द्र सुल्डाडा अक्षेतेमा कायम गर्न माग

 फागुन ३०, बाग्लुंग । काठेखोला गाउँपालिका बागलुङको केन्द्र सुल्डाडा अक्षेतेमा कायम गर्न स्थानीयले माग गरेका छन् । जिल्लामा भएको सर्वदलीय वैठकले काठेखोला गाउँपालिकाको केन्द्र सुल्डाडाको अक्षेतेमा राख्ने सर्वसम्मत सहमति गरेर पठाएको थियो । राज्य  पुनसंरचना आयोगले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार गाउँपालिकाको केन्द्र साविक विहुकोट गाविसको हटिया उल्लेख भएको भन्दै सच्याउन राजनीतिक दलका प्रतिनिधिहरुले माग गरेका हुन ।

सिगाना गाविसको वडा नं ६, पाला गाविसको वडा नं १ देखि ५ सम्म, भीमापोखरा, धम्जा, तंग्राम, बिहु, रेश र लेखानी गाविस समावेश गरी ८ वटा वडा रहेको काठेखोला गाउँपालिकाको केन्द्र सुल्डाडाको अक्षेते पायक पर्ने र सर्वदलीय सहमति पनि भैसकेकोले सोही स्थानलाई कार्यान्वयन गर्न माग गर्दै जिल्ला समन्वय समितिमा ज्ञापनपत्र बुझाएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायतका राजनीतिक दलहरुले भौगोलिक अवस्था, जनताको सुविधा लगायत राज्यका कार्यालय र संभावनाका हिसावले सुल्डाडा अक्षेतेमै केन्द्र राख्नु पर्नेमा जोड दिएका छन् ।

सोमबार बिहान बागलुङ बजारमा बसेको काठेखोला गाउँपालिका अन्तरगतका पार्टीका प्रतिनिधि र सरोकारवालाहरुको वैठकले कुनै पनि हालतमा सुल्डाडा अक्षेते मै केन्द्र तोक्न दवाव दिने र वेवास्ता भएमा आन्दोलन समेत गर्ने निर्णय गरेको नेकपा एमाले केन्द्रीय सहकारी विभागका सदस्य रामबहादुर जिसीले जानकारी दिनुभयो ।


सबै पार्टीका प्रतिनिधिहरुको सहभागितामा जिल्ला समन्वय समितिमा गएको टोलीका तर्फबाट एमाले जिल्ला सचिवालय सदस्य डिल्लीराज गौतमले स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाउनु भएको थियो ।

ज्ञापनपत्र बुझ्दै स्थानीय विकास अधिकारी आचार्यले दलहरुको सहमतिमै केन्द्र तोक्ने विषयमा आफु सकारात्मक रहेको र केन्द्रमा छलफल गरेर टुंगो लगाउने बताउनु भएको छ ।

नेपाली काग्रेस महाधिवेशन  प्रतिनिधि होमबहादुर हमाल, नेकपा एमाले जिल्ला सचिवालय सदस्य डिल्लीराज गौतम, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य लक्ष्मण पुन, एमाले जिल्ला सचिवालय सदस्य अञ्जु जिसी (हुमा), जिल्ला सदस्यहरु दिपक गौतम र प्रेम लामिछाने, नेपाली काग्रेस भीमापोखरामा खिमानन्द कँडेल, एमाले भीमापोखराका अध्यक्ष रामप्रसाद शर्मा, नेपाली कांग्रेसका हरिबहादुर भण्डारी, नेवि संघका अध्यक्ष खड्क थापा लगायतको उपस्थितिमा सम्पन्न बैठक पछि टोलीले जिल्ला समन्वय समितिमा ज्ञापनपत्र बुझाएको हो ।

स्थानीय तह पुनसंरचना अन्तरगत बागलुङ जिल्लामा ४ नगरपालिकासहित १० वटा तहको व्यवस्था गरिएको छ । बागलुङ नगरपालिका, गलकोट नगरपालिका, ढोरपाटन नगरपािलका र जैमुनी नगरपालिका तथा गाउँपालिकाहरुमा काठेखोला सहित ताराखोला, बरेङ, बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका कायम भएका छन् ।

सर्वदलीय सहमति अनुसार पठाएका विभिन्न ठाउँमा गाउँपालिका र नगरपालिकाको केन्द्र फरक परेको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाले बताउनुभयो । निसीखोला गाउँपालिकाको झिवाखोला हुनु पर्नेमा देविस्थान, बरेङ गाउँपालिकाको बरेङ बजारमा हुनु पर्नेमा हुग्दिशिर गाविसको कार्यालय, गलकोट नगरपालिकाको मझुवाफाँट हुनु पर्नेमा हरिचौर बजार भएर आएको थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई