पर्वत । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको रोट्याक्ट क्लब अफ पर्वतको सप्ताहव्यापी कार्यक्रम औपचारिक रुपमा शुरु भएको छ । स्थानीय विकास अधिकारी विष्णु भुषालले उक्त कार्यक्रमको औपचारिक रुपमा शुभराम्भ गरेका हुन् ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको रोट्याक्ट क्लब अफ पर्वतको सप्ताहव्यापी कार्यक्रम औपचारिक रुपमा शुरु भएको छ । स्थानीय विकास अधिकारी विष्णु भुषालले उक्त कार्यक्रमको औपचारिक रुपमा शुभराम्भ गरेका हुन् ।"/>
२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रोट्याक्ट सप्ताह शुरु (फोटो फिचर)

२०७३, १ चैत्र मंगलवार ०६:१७

पर्वत । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको रोट्याक्ट क्लब अफ पर्वतको सप्ताहव्यापी कार्यक्रम औपचारिक रुपमा शुरु भएको छ । स्थानीय विकास अधिकारी विष्णु भुषालले उक्त कार्यक्रमको औपचारिक रुपमा शुभराम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै भुषालले युवाहरुको सामाजिक कार्यको प्रशंसा गरे । उनले युवाहरुलाई परिचालन गर्न सके देशको विकास हुने बताए । १८ देखि माथि र ३० बर्षभन्दा मुनिका युवाहरु सांगठनिक रुपमा लागि सामाजिक क्षेत्रमा कदम चाल्नु जिल्लाको लागि गौरबको कुरा भएको बताए ।

http://suchanakendra.com/wp-content/uploads/2017/03/

कार्यक्रममा रोटरी क्लबका अध्यक्ष गणेश पौडेल, पूर्व अध्यक्ष विनोद आचार्य, आगामी बर्षका अध्यक्ष एवं कार्यक्रमका मुल संयोजक मिलन पौडेल लगायतले आआफ्नो धारणा राखेका थिए । आरसी पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन सचिव गणेश पौडेलले गरेका थिए ।

सोही अबसरमा दुई लघु उद्यमी महिलाहरुलाई सम्मान तथा सिलाइकटाई मेशिन हस्तान्तरण गरिएको थियो । सप्ताहव्यापी कार्यक्रम यहि चैत्र ६ गतेसम्म संचालन हुनेछ ।


क्लबले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत दोस्रो दिन आज पर्यटन प्रर्वद्वनका लागि लालेश्वर गुफा चुवामा सरसफाई रङ्गरोगन तथा मुर्ती स्थापना कार्यक्रम सम्पन्न भएको छ । कुश्मा नगरपालिकाका कार्यकारी प्रमुख कुमानसिंङ गुरुङले शिव पार्वतीको मूत्र्ति अनावरण गरे । उनले क्लबले गरेको कामको प्रशंसा गर्दै गुफाको प्रचारप्रसारको लागि नगरपालिकाले आवश्यक कदम चाल्ने बताए ।

http://parbatnews.com/wp-content/uploads/2017/03/

आरसी पौडेलको अध्यक्ष्तामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव गणेश पौडले गरेका थिए भने उक्त कार्यक्रमको संयोजक मिना खड्काले गरेकि थिइन । सप्ताहव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिन अपाङ्गता भएका ब्यतिmहरुलाई ह्विल चिय वितरण तथा स्टेसनरी सामाग्री वितरण कार्यक्रमको आयोजना गरेको छ ।



त्यस्तै  चौथो दिन युवा हरुका लागि खेलकुद भन्ने नारका साथ रोट्¥याक्ट तथा संगित तथा ईलोक्ट्रोनिक्स ब्यवसायी संघ सँग मैत्रीपूर्ण फुटवल प्रतियोगिता पाँचौ दिन सुर्य प्रकाश मावि र दुर्लुूङकोटका लागि एक सय थान कुर्ची, तथा २ थान टेवल हस्तान्त्रण कार्यक्रम, छौटौ दिन वितिय साक्षरता संम्वन्धी तालीम सञ्चालन, र सातौ ट्राफिक साचेतनाका लागि बोर्ड स्थापना एवं जनचेतना कार्यक्रम सञ्चलन गदै छौ गर्ने तय गरेको छ । जसका लागि झण्डै तीन लाख खर्च हुने अनुमान गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल