पर्वत । जिल्लामा सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको रोट्याक्ट क्लब अफ पर्वतले पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनको लागि लालेश्वर गुफा परिसरको बृहत सरसफाइ तथा मुत्ति अनावरण गरेको छ ।

चुवामा रहेको उक्त गुफा केहि महिना अगाडि मात्रै फेला परेको थियो । गुफाको प्रचारप्रसारको लागि रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत दोस्रो दिनमा उक्त गुफामा शिव पार्वतको मुत्ति स्थापना तथा बृहत सरसफाइ गरेको हो ।

जिल्लामा भएका धार्मिक तथा पर्यटकीय क्षेत्रको उजागर गरी प्रचारप्रसार गर्ने उदेश्यका साथ सो कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष आर.सी पौडेलले जानकारी दिए ।

कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत कुमानसिंङ गुरुङले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा क्लबले गरेको योगदान अतुलनीय रहेको बताए । नगरापालिका क्षेत्रभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचार र प्रर्वद्धन गर्ने जिम्मेवारी नगरपालिकाको भएता पनि क्लबले गर्नु समाजको रुपमान्तरणको आयाम भएको बताए ।