Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

रामग्राम जेसिज परासीद्धारा रक्तदान कार्यक्रम

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/ad104547b86ced9c9801b8e23504bd071489573951.jpg" style="width: 640px; float: left;"><b>सरु शर्मा/चैत २, परासी । </b>रामग्राम जेसिज परासीले आज आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।&nbsp;</p><p>सामाजिक कार्यमा सधै सक्रिय रहेको रामग्राम जेसिजले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत आज उक्त कार्यक्रम सम्पन्न गरेको हो । उद्योग वाणिज्य संघ नवलपरासीका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताको प्रमुख अतिथ्य तथा रामग्राम जेसिज २०१७ का अध्यक्ष संजय कुमार पाठकको अध्यक्षतामा जिल्ला पृथ्वीचन्द्र अस्पतालमा कार्यक्रम सम्पन्न भएको हो &nbsp;।</p><p>कार्यक्रममा जेसिज तथा जेसिजमा आस्था राख्ने १२ जनाले रक्तदान गरेको महासचिव मुक्ति पौडेलले जानकारी दिनुभयो । प्रत्येक बर्ष मानव सेवालाई सर्बोपरि ठान्ने जेसिज आस्था अनुसार रक्तदान कार्यक्रम गर्दै आएको उक्त सँस्थाले सँकलन भएको रगत नेपाल रेडक्रस सोसाईटी नवलपरासी शाखाको ब्लड बंैकलाई दान गर्ने बताएको छ । ब्लड बंैकमा रगतको अभाव भएपछि शाखाको अनुरोधमा जेसिजले सो कार्यक्रम आयोजना गरि रक्तदान गरेको हो ।</p><p>जेसिजकी सिता कुवँरको सँयोजकत्वमा भएको उक्त कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. मोहम्मद नुरुलहोदा, पत्रकार केशव पराजुली लगायतले मन्तब्य राख्नु भएको थियो ।&nbsp;</p>