पर्वतको कुश्मा नगरपालिकाका एक स्थानीय व्यक्तिले विहे भोजमा गरिने खर्च कटाएर क्याम्पसमा छात्रवृत्ति कोषको स्थापना गरेका छन् ।

कुनपा ६ का मेघराज गिरी र तुलसी गिरी दम्पत्तिले एक लाख रुपैयाको शिवालय बहुमुखि क्याम्पसमा छात्रवृत्ति कोषको स्थापना गरेका हुन् । उनीहरुले आफ्नो छोरा राजन गिरी र बुहारी सन्जु गिरीको विहे भोजको खर्च कटाएर कोष स्थापना गरे । उक्त रकम शिवालय बहुमुखि क्याम्पसलाई बुधबार एक कार्यक्रमको आयोजना गरी सहयोग गरेका थिए । छात्रवृत्ति कोष स्थापना गरेका गिरीले विहेमा फजुल रकम खर्च गर्नु भन्दा नजिकको शैक्षिक थलोमा आर्थिक सहयोग गर्दा ठिक हुने ठानेर नै आफूले यो कार्य गरेको बताए । उनले आफ्नो स्वगीय मातापिता दिनानाथ गिरी र अम्बावति गिरीको स्मृतिमा कोष स्थापना गरेका हुन् ।

सहयोग रकमलाई क्याम्पसका अध्यक्ष गोविन्द पहाडीले बुझेका थिए । रकम बुझेपछि अध्यक्ष पहाडीले भने –‘वर्षभरिमा हुने स्थापना भएको कोष रकमको वर्षभरिमा हुने व्याजले गरीव तथा जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने छ ।’

पछिल्लो समय विहे भोजमा गरिने अनावश्यक खर्चलाई कम गरी सामाजिक कार्यमा सहयोग गर्ने प्रचलन बढ्दो छ । यो कार्यलाई सामाजिक अभियन्ताहरु पनि सकारात्मक मान्दछन् ।

March 16, 2017
पर्बत - PBT, समाज
छोराको विहे भोजको खर्च कटाएर छात्रावृृत्ति कोषको स्थापना
By kit
3 मिनेट पढाइ