<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/dd9f687748d971e7d289b53f46eb62d91475048602.jpg" style="float: left;">चैत ३, काठमाडौं । चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको ७ किलो सुन बरामद भएको छ ।<br></p><p>रसुवागढी नाकामा बा १७ प २५७७ नम्बरको गाडीको फिल्टरमा फल्स बटम बनाएर लुकाई ल्याएको अवस्थामा सुन बरामद भएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । उनका अनुसार सुन आउन लागेको सूचना आएको थियो ।</p><p>यो गाडी केरुङमा होटल ब्यवसाय गर्दै आएका स्याङ्जाका प्रकाश गैरेको भएको खुलेको छ । </p>
