2026-10-15 11:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

६६ वर्षीय बृद्धले गरे इसिडिको भवन निर्माणका लागि तीन सय वर्गमिटर जग्गाा दान

नन्दराम जैशी/चैत ५, जुम्ला । गोठीचौर गाउँपालिका २ कोल्तेगाउँका ६६ वर्षीय बृद्ध लालबहादुर बोहोराले बालविकास केन्द्र(इसिडि)को भवन निर्माणका लागि तीन सय वर्गमिटर जग्गाा दान दिनुभएको छ । 

गाउँ देखि विद्यालय टाढा भएकोले साना बालबच्चाहरु विद्यालय जान नसक्ने र उनीहरुको भविश्य बरवाद नहोस् भन्ने उदेश्यले बालबालिकाको शिक्षाका लागि जग्गा दान गरेको बताउनुभयो ।  उहाँले भन्नुभयो, मान्छे मरेर जान्छ तर त्यही मान्छेले दिएको दान अजम्मरी हुन्छ, जीन्दगीको उत्तरार्धमा आफुले बालबालिकाको लागि भविश्य निर्माण गर्ने स्थलका लागि काम गर्न पाउदा खुशी भएको छु । 

उक्त दुई कोठे बालविकास केन्द्र सामुदायिक विकास कार्यक्रम(सिडिपि)को आर्थिक सहयोगमा निर्माण हुन लागेको उहाँले बताउनुभयो । २०६६ सालमा गोठीचौर गाविसको एक लाख रुपैयाको सहयोगमा काठको टहरामा पठनपाठन हुने गरेको थियो ।            

 गाउँदेखि कुईगाउँमा रहेको प्रावि विद्यालयमा बालबालिकालाई जानमा मात्र ३ घण्टा समय लाग्ने गर्दछ, मौसमको अनुकुलता हेरेर विहान ७ बजे नै विद्यालय जान्छन् तर पानी परेको दिनमा विद्यालय नजाने गरेको उहाँको भनाई रहेको छ । 

अहिले उक्ता बालविकास केन्द्रमा ३५/४० जना बालबालिकालाई एक जना ईसिडि शिक्षिकाले पठनपाठन गराउने गरेका छन् । पानी परेको दिनमा अर्को विद्यालयमा जाने २/३ कक्षाका विद्यार्थी पनि त्यही बालविकास केन्द्रमा अध्ययन गर्ने गरेका छन् । यसैबिच विद्यालय परिवारले जग्गादाता बोहारालाइ धन्यबाद ब्यक्त गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो