Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दशनामी समाजको दोस्रो अधिवेशन सम्पन्न, नेतृत्व सर्वसम्मत चयन

By kit 7 मिनेट पढाइ

पर्वत ।नेपाल दशनामी समाज पर्वतको दोस्रो साधारणसभा तथा अधिवेशन कुश्मामा शनिवार सम्पन्न भएको छ । दोस्रो अधिवेशन तथा साधारणसभाले सर्वसम्मत रुपमा योगराज गिरीको अध्यक्षतामा समाजको नयाँ नेतृत्व चयन गरेको छ ।

कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष तिला गिरी, उपाध्यक्ष देवराज पुरी, सचिव डम्वर गिरी, कोषाध्यक्ष नवराज गिरी, सहसचिव नारायण गिरी र सदस्यहरुमा प्रकाश गिरी, पवित्रा गिरी, विष्णु गिरी, तारा गिरी, मिठु गिरी, गंगा गिरी, कमला गिरी, डिलु पुरी, भगवान गिरी, डोलेन्द्र गिरी, सन्तु गिरी रहेका छन् । समाजको सल्लाहकार समिति संयोजक पूर्व अध्यक्ष पुरण गिरी चयन भएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि रहेका दशनामी समाजका केन्द्रिय अध्यक्ष रन्जनकुमार गिरीले समाज विशुद्ध सामाजिक संस्था भएकोले राजनीतिक विचारलाई बाहिर राखेर समाजको हितमा लागिपर्नु पर्ने बताए । दशनामी समाजले आफ्नो संस्कृति र परम्पराको संरक्षण गर्दै एक भई आफ्नो अधिकार र पहिचान राख्न सक्रिय हुन अध्यक्ष गिरीले जोड दिए । कार्यक्रममा दशनामी समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विदुर भारतीले दशनामी समाजको इतिहास, संस्कृति र परम्पराबारे प्रकाश पार्दै सन्यासी नामले दशनामी परिचित हुन पाउनु गर्वको विषय भएको बताए । आदि गुरु शंकराचार्य रहेको दशनामी परम्परा र संस्कृतिले प्राचीन कालदेखि नै मानवता र धार्मिकताको स्थापना गर्न योगदान पुराउदै आएको वरिष्ठ उपाध्यक्ष भारतीको भनाई थियो । उनले दशनामी समाज पर्वतले पहिचान र अधिकार स्थापना गर्न पुराएको योगदानको प्रशंसा समेत गरे ।

कार्यक्रममा दशनामी समाजका महासचिव खिल गिरी, दशनामी महिला समाज केन्द्रिय उपाध्यक्ष शारदा गिरी, केन्द्रिय सल्लाहकार कृष्ण गिरी, पर्वतका प्रजिअ शम्भुप्रसाद मरासिनी, दशनामी समाज बाग्लुङ अध्यक्ष भरत पुरी, उवासंघ पर्वतका वरिष्ठ उपाध्यक्ष गोपी अधिकारी, दशनामी समाज पर्वतका सल्लाहकार ईश्वर गिरी, सल्लाहकार गोविन्द गिरी पहाडी, कलावती पुरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा, स्थानीय विकास अधिकारी विष्णुप्रसाद भूषाल, प्रहरी नायब उपरीक्षक शेखर खनाल, रणदल गुल्मका गुल्मपति मदनजंग कार्की, दशनामी केन्द्रिय सदस्य शान्ता गिरी, तेजकुमारी पुरी, दशनामी समाज पर्वतका सल्लाहकारहरु परशुराम पुरी, ज्ञानेन्द्र गिरी पहाडी, राम गिरी, डम्वर गिरी, देवराज गिरी, गोपी पुरी लगायतको सहभागीता थियो भने कार्यक्रममा गाउँगाउँबाट दशनामी साधारण तथा आजीवन सदस्यहरुले सहभागीता जनाएका थिए । कार्यक्रममा दशनामी समाजका सचिव प्रनिश गिरीले कार्यक्रम संचालन गर्नुको साथै समाजको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष दिपेन्द्र गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समाजको अध्यक्ष तुलसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष तिला गिरीले राखेका थिए । निर्वाचनका लागि केशवराज पुरीको संयोजकत्वमा तुलसी गिरी र ओमकार गिरी सदस्य रहेको निर्वाचन मण्डल बनेको थियो ।