2026-09-19 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा एकहजार १६५ जनामा हात्तीपाइले

चैत ८, झापा । झापामा एक हजार १६५ जनामा हात्तीपाइलेको सङ्क्रमण रहेको पाइएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्ट्रोल कन्ट्रोल अधिकृत वेदप्रकाश घिमिरेका अनुसार खुट्टा सुन्निएका २६५ जना, हात तथा स्तन सुन्निएका १०१ र ८०० अण्डकोष सुन्निएका हात्तीपाइलेका सङ्क्रिमत रहेका छन् । 

त्यस्तै, यस वर्ष सातलाख ३३ हजार नागरिकलाई यही चैत १७, १८ र १९ गते जिल्लाभर हात्तीपाइलेविरुद्धको औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । 

त्यसका लागि करिब १८ लाख ५० हजार डिइसी र आठलाख ५० हजार थान एलेन्डालोज ट्याब्लेट वितरण गरिने जनस्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाईंले जानकारी दिनुभयो । औषधि खुवाउन जिल्लाभर तीनहजार ७८६ जना स्वयम्सेवक र ४०० स्वास्थ्यकर्मी परिचालन गरिने कार्यालयले जनाएको छ । 

जनस्वास्थ्य प्रमुख मधुसुदन कोइरालाले हात्तीपाइलेविरुद्धको औषधि सेवनका विषयमा सर्वसाधारणमा भ्रम रहेकाले भ्रममा नपरी निर्धक्क भएर औषधि सेवन गर्न आग्रह गर्नुभयो । उहाँले वर्षैपिच्छे लगातार छ पटकसम्म औषधि सेवन गरे मानिसको शरीरबाट हात्तीपाइलेको परजीवी समाप्त हुने र सर्ने सम्भावना न्यून हुने बताउनुभयो । 

हात्तीपाइलेको औषधि ७० वर्ष कटेका, दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सिकिस्त बिरामी, क्यान्सर, मुटु, कलेजो र मिर्गौला रोगी तथा छारे रोगीले सेवन गर्न नहुने उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई