Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पाल्पामा एकसय सत्र मतदान केन्द्र, कहाँ कति मतदान केन्द्र ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत ८, पाल्पा ।</b> स्थानीय तहको निर्वाचनका लागि पाल्पामा ११७ मतदान केन्द्र तोकिएका छन् ।&nbsp;<br></p><p>मतदान केन्द्र सिफारिस समितिले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा गरी जम्मा ११७ मतदान केन्द्र तोकेको हो । विसं २०७० को संविधानसभामा जिल्लाभरमा २५८ मतदान केन्द्र रहेका थिए ।&nbsp;</p><p>पाल्पामा गाउँपालिका र नगरपालिकामा गरी ८१ वडा कायम गरिएको छ । तानसेन नगरपालिकामा १४, रामपुर नगरपालिकामा १० वडा रहेका छन् भने गाउँपालिकाअन्तर्गत पूर्वखोला गाउँपालिकामा छ, निस्दी गाउँपालिकामा सात, रम्भा गाउँपालिकामा पाँच, माथागढी गाउँपालिकामा आठ, तिनाहुँ गाउँपालिकामा छ, बगनासकाली गाउँपालिकामा नौ, रिब्दिकोट गाउँपालिकामा आठ र रैनादेवी छहरा गाउँपालिकामा आठ वटागरी कुल ८१ वडा कायम गरिएको जिल्ला निर्वाचन कार्यालय पाल्पाका सूचना अधिकारी थमन सारुले जानकारी दिनुभयो । रासस&nbsp;</p>