2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सप्तरीमा भएका दुई दुर्घटनामा दुईजनाको मृत्यु

March 22, 2017

चैत ९, राजविराज । सप्तरीको छुट्टाछुट्टै घटनामा परी मङ्गलबार दुईजनाको मृत्यु भएको छ । जिल्लाको बोदेबरसाइन–१ मा मोरटसाइकल बयलगाडामा ठोक्ँिकदा मोटरसाइकलको पछाडि सवार सप्तरीको धनगढी–५ निवासी ४५ वर्षीय सुभाष मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलको नम्बर अहिलेसम्म खुलेको छैन । 

मोटरसाइकल चालक भने फरार रहेका र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बोदेवसाइनले जनाएको छ । 

यस्तै, सप्तरीको कुसाहा–९ मा एकजना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत मधुवनी सकरी थाना घर भई हाल सप्तरी कुसाहा–९ स्थित हलेसी इँट्टा उद्योगमा कार्यरत ५० वर्षीया नन्दी पासवान रहेको बताइएको छ । पासवानलाई अचानक बान्ता र पखाला चलेपछि उपचारका लागि लहानस्थित नर्सिङ होममा भर्ना गरिएपनि उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडोरवनाले जनाएको छ । 

यसैबीच, सोमबार बेलुका परेको असिनाका कारण सप्तरीको पूर्वी भेगका आँप, गहुँ र तरकारी बालीमा ठूलो क्षति पुगेको भन्दै रुपनगर आँप उत्पादक कृषक समूहले क्षतिपूर्तिको माग गरेका छन् । समूहका अध्यक्ष तीर्थराज पोखरेलले कृषकका तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै क्षतिपूर्तिको माग गर्नुभएको हो । 

परेको असिनाबाट जिल्लाको पूर्वी तथा उत्तरी भेगको सीतापुर, महुली, जण्डौल, ठेलिया, रुपनगर, धरमपुर, कञ्चनरुप नगरपालिको विभिन्न भागमा लगाइएको आँप, गहुँ र तरकारी बालीमा ठूलो क्षति पुगेको थियो । गरिब किसानको हानि–नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्तिको व्यवस्था मिलाई दिनसमेत माग गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक