2026-09-19 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा माछा जोन कार्यक्रम सुरु

चैत ९, मोरङ । मोरङमा माछा जोन कार्यक्रम सुरु भएको छ । 

कटहरी गाउँपालिकाको दर्बेशाका कृषकले समूह बनाएर माछापालन गर्ने पोखरी खनेर माछापालन सुरु गरेका छन् । 

जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुख मनोज यादवका अनुसार प्रधानमन्त्री माछा जोन परियोजना, इकाई कार्यालय, विराटनगरले पोखरी खन्न अनुदान दिन बताएपछि कृषकले पोखरी खन्न सुरु गरेका हुन् । दर्बेशामा १६ जना किसानले समूह बनाएर आफूहरुले धान लगाउँदै आएको खेतमा पोखरी खनेर माछापालन गर्न थालेको सो समूहका सदस्य रत्न आचार्यले बताउनुभयो । 

प्रतिव्यक्ति १० हेक्टरको १६ पोखरी खन्ने काम भइरहेको उहाँको भनाइ छ । आचार्यले भन्नुभयो, “हामी सबैले कम्तीमा १० हेक्टरमा पोखरी खनेर व्यावसायिक माछापालन गर्ने योजनाका साथ काम भइरहेको छ ।” 

जिल्ला कृषि विकास कार्यालय प्रमुख यादवले जिल्लामा पाँचसय हेक्टरमा व्यावसायिक माछापालन भइरहेको प्रधानमन्त्री माछा जोन कार्यक्रमअन्तर्गत थप पाँचसय हेक्टरमा माछापालन गर्ने योजनाअन्तर्गत काम भइरहेको बताउनुभयो । 

मोरङका माछापालक कृषकलाई गत वर्ष रु एक करोड ५० लाख अनुदान प्रदान गरिएको थियो । यो वर्ष पनि जिल्ला कृषि विकास कार्यालयबाट रु एक करोड ५० लाख विभिन्न अनुदान दिने कार्यक्रम रहेको कार्यालय प्रमुख यादवले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई