पर्वत । पहिलोपटक नेपालमा कोरियन भाषा परीक्षाका लागि अनलाइनबाटै फारम भर्ने सुविधा दिइएपछि घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यता हट्ने धेरैको विश्वास थियो । तर, दृष्य भने त्यसविपरित देखियो । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पहिलोपटक नेपालमा कोरियन भाषा परीक्षाका लागि अनलाइनबाटै फारम भर्ने सुविधा दिइएपछि घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यता हट्ने धेरैको विश्वास थियो । तर, दृष्य भने त्यसविपरित देखियो । 

२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मंगलबार रातीदेखि बेरोजगार युवाहरुको बैकमा लाइन, पालो नपाएपछि कुश्मिसेरा शाखामा पुगे

२०७३, ९ चैत्र बुधबार ११:५९

पर्वत । पहिलोपटक नेपालमा कोरियन भाषा परीक्षाका लागि अनलाइनबाटै फारम भर्ने सुविधा दिइएपछि घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यता हट्ने धेरैको विश्वास थियो । तर, दृष्य भने त्यसविपरित देखियो । 

पर्वत जिल्लामा बरोजगार युवाको संख्या कति छ भन्ने कुरा विहान तीन बजेदेखि शुरु भएको युवाहरुको लाइनले देखाइरहेको थियो । देशमानै केहि काम गर्न क्षमता भएता पनि सोही अनुसारको व्यवस्थापन हुन नसक्दा विदेशमा श्रमजिवीका रुपमा कोरियाा जानको लागि मंगलबार देखि मध्यरातमा खुलेको अनलाइन फारम भर्नको लागि युवाहरुको ठूलै जमात देखिन्थ्यो । 

यस्तो लाग्दै थियो कि युवाहरु श्रमजिवीको लागि विदेशमा बेचिनको लागि समेत लाइनमा बस्न तयार छन् ।

Image may contain: 8 people, crowd and outdoor

विगतका बर्षमा फर्म भर्नको लागि लामो लाइनमा बस्दै आएका युवाहरु अनलाइन फारम खुलेसँगै  लाइनमा बस्ने बाध्यता कम हुन्छ कि भन्ने आशमा भएता पनि त्यो भने हट्न सकेन । ग्लोबल आइएमी बैकका कोरियिन भाषा परीक्षाको लागि राती देखि बसेका सर्यौ युवाहरुको संख्याले अझै पनि युवाहरु काम गर्नको लागि लाइनमा बस्नुपर्ने बाध्यता नहटेको देखाएको छ । 


फरक केमात्रै भयो भने फारम लिनका लागि यसअघि घण्टौंसम्म लाइनमा बस्न बाध्य हुनेहरु यसपटक बैंकमा भौचर बुझाउनका लागि लाइन बस्न बाध्य भए ।

ग्लोबल आईएमई बैंकका शाखाहरुमा रकम जम्मा गर्ने परीक्षार्थीहरुको बुधबार बिहानैदेखि पर्वतमा लाइन बसेका थिए । कुश्मा शाखामा भीड लागेपछि फर्म भर्नको लागि उत्तरी र पूर्व भेगबाट आएका युवाहरु बाग्लुङ कुश्मीसेराको यात्रामा साँझपख लागेको समेत देखिन्थ्यो । आइएमीमा पालो नआएपछि युवाहरु छिमेकी जिल्लाको ग्रामिण क्षेत्रमा रहेको बैकमा जान बाध्य थिए ।

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइन फारम मंगलबार राति १२ बजेदेखि खुलेको छ । आवेदन फारम चैत १८ गतेसम्म बुझाउन सकिन्छ ।

Image may contain: 10 people, crowd and outdoor

Image may contain: 3 people, crowd and outdoor

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली