Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङ्गमा प्रहरी र प्रसाशनको हाकिमकै अगाडी ५८ बर्षिय बृद्धमाथि आक्रमण

२०७३, ११ चैत्र शुक्रबार ००:५१

कृष्ण कँडेल | चैत्र ११, बोहरागाउँ | निसीखोला गाउँपालिका बोहरागाउँका एक युवाले प्रहरी निरीक्षकको नेतृत्वमा झण्डै एक दर्जन सुरक्षाकर्मी र एकीकृत सेवा केन्द्रका प्रमुख सहभागी भएको एक सर्वाजनिक कार्यक्रमै ५८ बर्षिय ज्यष्ठ नागरिकलाई आक्रमण गरेका छन् । 

गाउँपालिकाको वडा नम्बर–३ का ३२ बर्षिय जुनबिक्रम शाहीले सोहि गाउँपालिका वडा नम्बर–२ काल्नेचौरका ५८ बर्षिय मनबहादुर घर्तीलाई गाउँपालिका उद्घाटन कार्यक्रममै आक्रमण गरि घाईते बनाएको प्रहरीले जनाएको छ । शाहीले मुक्काले हान्दा घर्तीको बायाँ आँखा माथिको भागमा गहिरो चोट लागेको छ । घर्तीको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार गरिएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिनुभयो ।  

जुग्गाखोलामा निसीखोला गाउँपालिकाको कार्यालय सुभारम्भ गर्ने कार्यक्रममा एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापा प्रमुख अतिथि हुनुहुन्थ्या । कार्यक्रममा ईप्रका बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण राना, प्रहरी नायब निरीक्षक नारायण शर्मा र ईलाका प्रहरी कार्यालय झिवाखोलाका प्रमुख प्रहरी नायब निरीक्षक रिनबहादुर बैदवार सहित झण्डै एक दर्जन प्रहरी थिए ।

गाउँपालिकाको केन्द्र राख्ने विषयमा विवाद भएपछि लामो छलफल गरेर जुग्गाखोलामा राख्ने सहमती गरि कार्यालय उद्घाटन गरेर बुर्तिबाङ फर्कने क्रममा प्रहरीको गाडी झण्डै १ सय मिटर तल आईपुगेको अबस्थामा आक्रमण भएको प्रत्यक्षदर्शी माओवादी केन्द्र निसीखोला गाउँपालिका संयोजक कुबिर विश्वकर्माले जानकारी दिनुभयो । 

सामान्य कुराकानीको क्रममा शाहीले एक्कासी आग्रमण गरेको प्रहरीले जनाएको छ । हातपात गर्ने शाहीलाई प्रहरीले पक्राउ गरि ईप्रका बुर्तिबाङमा ल्याएको छ । 

घटनाको बारेमा थप अनुसन्धान गरि शाहीलाई सार्बजनिक अपराध मुद्धा दर्ता गरिने ईप्रका बुर्तिबाङका प्रमुख कृष्ण रानाले बताउनुभयो । 

राजनितिक दलका नेता, सयौँ स्थानियवासी तथा पत्रकार सहभागी  सार्बजनिक कार्यक्रमा आफ्नै अगाडी आक्रमण हुनु प्रहरीका लागि सुरक्षा चुनौती भएको रानाको भनाई छ । 

घटनापछि आफुलाई राजनितिक स्तरबाट चर्को दवाव आएको भन्दै अपराधिलाई कुनै हालतमा नछोड्ने प्रहरी प्रमुख रानाले बताउनुभएको छ । प्रहरीले आक्रमण गर्ने शाही राष्ट्रिय जनमोर्चा बोहरागाउँको नेता र पिडित घर्ती नेकपा माओवादी नेता रहेको बताएको छ । 

शाही गाउँपालिकाको केन्द्र पायक पर्ने ठाउँमा राख्नुपर्ने भन्दै निसी र बोहरागाउँका कतिपय राजनितिक दलले गरेको आन्दोलन कार्यक्रमको संयोजक रहेको स्थानिय नेताहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित