पढ्न करिब 1 मिनेट लाग्छ

चैत ११, बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा दमकल सेवा सुरु भएको छ । यो सेवा सुरु भएपछि राजापुर र आसपासका क्षेत्रका स्थानीयवासी खुसी भएका छन् ।

नेपाल सरकारबाट प्राप्त रु ६० लाख अनुदानबाट दमकल खरिद भई आएको राजापुर नगरपालिकाका कार्यकारी अधिकृत भेषराज खनालले जानकारी दिनुभयो । अब यो सेवा सञ्चालन भएपछि राजापुरलगायत वरपरका जनतालाई आगलागीबाट हुने नोक्सान तथा ठूलो क्षतिबाट बच्न टेवा पु¥याउने उहाँले बताउनुभयो ।

उहाँले हालका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको आवश्यक समन्वयबाट सञ्चालन गरिने भएको र आवश्यक जनशक्तिको चाँडै नै व्यवस्थापन मिलाउने भएको बताउनुभयो ।

राजापुर क्षेत्रमा विगत केलाउने हो भने आगलागीबाट ठूलो क्षति हुने गरेको पाइन्छ । विशेषगरी चैत वैशाखमा हावाहुरीको कारण आगलागी हुने भएको हुँदा राजापुर नगरपालिका स्थापना भएदेखि नै स्थानीयवासीबाट दमकलको माग भइआएको र राजापुर नगरपालिकालगायत गेरुवा गाउँपालिका र नजिकको क्षेत्रमा दमकल आएपछि भवितव्यमा हुने आगलागीको ठूलो क्षतिबाट बच्न सकिने नेकपा (माओवादी केन्द्र) का दीपेश थारू ‘राजेश’ले बताउनुभयो । रासस