पर्वत ।  स्थानीय चुनाव नजिकिदै छ, विभिन्न दलमा उम्मेदवार बन्ने व्यक्तिहरुको होडबाजी नै देखिन्छ ।


लामो समयसम्म हुन नसकेको स्थानीय चुनावम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  स्थानीय चुनाव नजिकिदै छ, विभिन्न दलमा उम्मेदवार बन्ने व्यक्तिहरुको होडबाजी नै देखिन्छ ।


लामो समयसम्म हुन नसकेको स्थानीय चुनावम"/>

2026-07-24 06:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको विहादी गाउँपालिकाका उम्मेदवार को को हुन् रु यी हुन् सम्भावित उम्मेदवार

पर्वत ।  स्थानीय चुनाव नजिकिदै छ, विभिन्न दलमा उम्मेदवार बन्ने व्यक्तिहरुको होडबाजी नै देखिन्छ ।


लामो समयसम्म हुन नसकेको स्थानीय चुनावमा कार्यकर्ताको आँखा लाग्नु पनि स्वभाविक नै हो ।


आगामी बैशाख ३१ गते घोषणा गरिएको स्थानीय चुनावमा उम्मेदवार बन्न चाहाना गर्नेहरुले आफ्नो आफ्नो क्षेत्रबाट लबिङ गर्ने प्रक्रिया तीब्र नै देखिन्छ । उम्मेदवार बन्नको लागि त्यति ठूलो मापदण्ड नतोकिएकोले आकांक्षीहरु धेरै देखिएका हुन । यता पर्वतको दक्षिण बिहादी गाउँ पालिकामा पनि आकांक्षीहरु विभिन्न क्षेत्रबाट आफ्नो चाहाना प्रस्तुत गरिरहेका छन् । मुख्यत नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबाट कुन उम्मेदवार आउछन्, आम चासो रहेकोे छ । नेपाली कांग्रेसबाट सम्भावित उम्मेदवार को होला त भनेर हामीले बुझ्न खोज्दा उराम गाविसका पूर्व अध्यक्ष आनन्द भुसाल, पर्वत क्षेत्र नम्बर दुईका क्षेत्रीय अध्यक्ष क्याप्टेन धन बहादुर थापा, वहाकी लौकेका व्यवसायी प्रविन गुरुङको नाम चर्चामा रहेको छ । कतिपयले भने रानीपानीका गगनर बखत बहादुर कुंवरका परिवारहरु सम्भावित उम्मेदवारका रूपमा लिएका छन् । यद्यपि वहाकीका प्रविन गुरुङ अथवा उरामका आनन्द भुसाल मध्य एकको सम्भावना बढी रहेको स्थानीय कांग्रेस कार्यकर्ता बताउँछन् ।


नेकपा एमालेको उम्मेदवार प्रति पनि आमचासोको रूपमा पनि हेरिएको छ । एमालेबाट सम्भावित उम्मेदवारमा वहाकीका पुर्व जिविस सदस्य कमल भुसाल र उरामका युवासंघ नेता सुन्दर भुसालको नाम चर्चामा रहेको छ । एमाले कार्यकर्ताहरुले बताए अनुसार वहाकीका कमल भुसालको सम्भावना बढी नै छ । गाउँ बसेर इमानदार राजनीति गरेका भुसाल उम्मेदवारमात्र उठ्नुपर्ने एक एमाले कार्यकर्ता बताउँछन् ।


उता माओवादी केन्द्रमा पनि उम्मेदवार बन्नेको होडबाजी नै देखिन्छ । माओवादी केन्द्र पर्वतका अध्यक्ष कृष्ण प्रसाद पराजुली स्वयं आफू पनि उठ्ने चाहना व्यक्त गरेपछि अहिले नै यसै हुन्छ भन्न सकिएको छैन । कतिपय कार्यकर्ताले समग्र जिल्ला भर खटिने व्यक्ति एउटा क्षेत्रमा ध्यान दिदा पार्टीलाई घाटा पार्ने बताउँछन् । यसैबीच ग्रामीण कृषि संजालका अध्यक्ष ऋषिराम भुसाल पनि आफू सशक्त उम्मेदवार हो भन्ने सन्देश दिएका छन् । पार्टी एकीकरणपछि केन्द्रिय सदस्य भएका भुसाल पनि सम्भावित उम्मेदवारको रूपमा रहेका छन् । यसैबीच बाच्छाका सबिन गुरुङ पनि सम्भावित उमेदवारका रूपमा लिइएको छ ।


विहादी क्षेत्रमा कांग्रेस, एमाले, माओवादी केन्द्र बाहेक अन्य दलको प्रभाव कम रहेकोले अन्य दलका उम्मेदवार को उठ्छन त्यसको त्यति महत्त्व नरहेको आम बुझाइ छ । कुन व्यक्ति वास्तविक उम्मेदवार बनेर आउछ त्यो त समय आएपछि थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक