2026-07-25 05:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा पनि विभिन्न कार्यक्रमका साथ मनाईयो सहकारी दिवस

IMG_1008नरी बडु/ चैत्र २०, बैतडी ।
आर्थीक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने मूल नाराका साथ ५९ औ राष्ट्रिय सहकारी दिवस आज बैतडीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

विसं २०१३ साल चैत २० गते चितवनमा बखान ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष मनाईने सहकारी दिवस आज बैतडीमा पनि मनाईएको हो ।

सहकारी डिभिजन कार्यालय बैतडी, बैतडी बचत तथा रिण सहकारी संघ र कृषि सहकारी संघको आयोजनामा बैतडीमा जिल्ला स्तरीय बक्तीत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

वक्तित्वकला प्रतियोगितामा वासुदेव उमावि बासुलिङ्गका छात्रा भाधवि भट्ट प्रथम, दशरथ चन्द उमावि सुन्दरखालीकी छात्रा द्वितिय, दानेश्वर उमावि रातामाटाका छात्र राजु भट्ट र मणीलेक उमावि गुरुखोलाकि छात्रा शान्ति भट्टले तृतिय स्थान हात पारेका छन् ।

कार्यक्रममा प्रथम, द्वितिय र तृतिय स्थान हाम हासिल गर्नेलाई प्रमाणपत्र सहित पुरुस्कृत गरीएको छ ।

अहिले जिल्लामा रहेका सहकारीहरुमा दक्ष जनशक्ति को सहभागिता हुन नसकेको र उत्पादनमुखि बस्तुहरुमा ध्यान पुग्न नसकेको डिभिजन सहकारी कार्यालय बैतडीका सहकारी अधिकृत वासुदेव भण्डारीको भनाई छ ।

सहकारीको महत्वपुर्ण पक्ष सो नियन्त्रण र सो नियमन जस्ता कुराहरुमा सहकारीहरुले विनियम, एन नियम र सहकारीले जारी गरेका मापदण्डहरु पालनमा कमी हरेको उहाँको भनाई रहेको छ ।

सहकारी दिवसकै अवसरमा आज स्थानिय राजनितिक दल, विभिन्न सहकारी संग आवद्ध सदस्य तथा पदाधिकारी एवम् विद्यार्थिहरुको उल्लेख्य उपस्थीतिमा साहिलेकबाड गडी बजारसम्म र्याली समेत निकालिएको थियो ।

अहिले नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी झण्डै ३४ हजार सहकारी संस्था छन् । रोजगारी सिर्जना, गरिबी न्युनिकरण र देशको ग्राहस्थ उत्पादन तथा राजस्व संकलनमा सहकारी क्षेत्रको योगदान उल्लेखनीय छ ।

तर यस क्षेत्रलाई थप व्यवस्थित, मर्या्दित र सुरक्षित बनाउनुपर्ने आवाज उठ्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक