2026-09-19 05:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा पनि क्षयरोग दिवस मनाइयो

चैत ११, नवलपरासी । क्षयरोग अन्त्यका लागि सवै संगठीत होऔँ भन्ने नाराका साथ आज नवलपरासीमा पनि क्षयरोग दिवस मनाईएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयले आज परासीमा सन्चारकर्मि र सरकारी कार्यालयका विच अन्तरक्रिया गरेको थियो । हरेक वर्ष मार्चको २४ तारिखका दिन विश्व क्षयरोग दिवस मनाईन्छ, यो क्रमको शुरुवात विश्व स्वास्थ्य संगठनको अगुवाईमा सन् १९९५ वाट शुरु भएको हो । 

दुई हप्ता या वढी समयसम्म निरन्तर खोकी लागिरहनु, खकारमा रगत देखिनु, श्वास फेर्दा या खोक्दा छाती दुख्नु, अकास्मात धेरै तौल घट्नु, धेरै थकाई लाग्नु, राती एक्कासी पसिना आउनु अनि कामज्वरो जस्तो आउनु क्षय अर्थात टिबी रोगका लक्षणहरु हुन् । 

क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ । औषधि नियमित खान छोडे कडा खालको संक्रमण हुने र ज्यानै जाने सम्भावना हुने भएकाले औषधिको नियमीततामा स्वास्थ्यकर्मीले जोड दिएका छन् ।

संक्रमीतहरुसँग असुरक्षित हेलमेल नगर्ने, हावाको राम्रो वहाव नभएको ठाँउमा धेरैसमय नबस्ने, भीडभाडमा हिड्दा मास्कको प्रयोग गर्ने गरेमा पनि यो संक्रमणवाट बच्न सकिन्छ । यस रोगले शरिरका प्राय सवै अंगमा हानि पुराउने गरेको जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीका प्रमुख डाक्टर मोहम्मद नुरुल होदाले बताउनुभयो । 

एचआईभी संक्रमण भएका ब्यक्तिहरुमा टीबीको संक्रमण दर अतिनै उच्च छ, तसर्थ एचआईभी संक्रमीत पनि यस तर्फ विशेष चनाखो हुन जरुरी रहेको उहाँको भनाई छ । क्षयरोग जो सुकैलाई पनि हुने भएकाले हेल्चेक्राई गर्न नहुने जिल्ला स्वास्थ्य कार्यालयका छवि गिरीले बताउनुभयो । 

जिल्ला स्वास्थ्य प्रमुख अरुण कुमार महत्तोको अध्यक्षतामा भएको सो कार्यक्रममा पत्रकार महासंघ नवलपरासीका सचिव राजकुमार रेश्मी, क्षयकुष्ठ निरिक्षक विनोदलाल कर्ण, डाक्टर मोहम्मद नुरुल होदा लगायतले बोल्नुभएको थियो । रमेश भुसालको सहयोगमा  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा