Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दर्जनौँ हातहतियार र विस्फोटक पदार्थ फेला

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १२, भोजपुर । उत्तरी साल्पासिलिछो गाउँपालिका–५ दोभानेको मार्तेलमा दर्जनौँ हातहतियार र विस्फोटक पदार्थ फेला पारेको छ ।

टुइन्च मोटार, टियर ग्यास, भेरी लाइट, सकेट बम, कटुवा पेस्तोल, ग्रिनेट, एसएलआरको गोलीलगायत विस्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

स्थानीयवासी आङगेलु शेर्पाको पुरानो घरमा भतिजा काजीले सरसफाइ गर्ने क्रममा बाकसमा हातहतियार फेला पारेपछि प्रहरीलाई जानकारी गराउनुभएको थियो । फेला पारिएका हातहतियार प्रहरी चौकी दोभानेको सुरक्षामा राखिएको छ ।

नेपाली सेनाको पूर्वी पृतना इटहरीबाट डिस्पोजल टोली घटनास्थलमा खटिएको जनाइएको छ । ती हतियार द्वन्द्वकालमा राखिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । रासस