पढ्न करिब 2 मिनेट लाग्छ

विमल धामी/चैत १२, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको मुटुमा रहेको चवन्नी वजारमा पहिलो पटक सरसफाई र फोहोर मलाई डस्टवीन राखिएको छ ।

बेल्डाँडी गाउँपालिका स्तरिय युवा समुहको आयोजनामा चवन्नी वजार ब्यवस्थापन समिति, बेल्डाँडी गाउँपालिका कार्यालय, इलाका प्रहरी कार्यालय, सुआहार–२, लगायत बेल्डाँडीका स्थानियहरुको सहयोगमा “आफ्नो ठाउँ आफै वनाउँ बेल्डाँडी लाई सफा राखौँ” भन्ने मुल नाराका साथ सरसफाई कार्यक्रम गरिएको बेल्डाँडी युवा समुहका संयोजक लक्ष्मी जैसीले जानकारी गराउनु भयो ।

बेल्डाँडीमा युवा समुह गठन भए यता विभिन्न काम गर्दै आएको जानकारी गराउदै भन्नु भयो यस वजारमा आजका दिन सम्म फोहर ब्यावस्थापन हुन नसकेको कारणले युवा समुहको सामुदायिक विकास क्रियाकलाप अन्र्तगत सनिवार सरसफाई कार्यक्रम गर्नुका साथै वजारमा ७ वटा डस्टवीन राखेको जानकारी दिनु भयो ।

सरसफाई कार्यक्रममा बोल्दै चवन्नी वजार ब्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष नन्दकिसोर एसकेले युवाहरु लाई धन्यवाद दिदै युवाहरुले सुतेका ब्यापारीहरु लाई विउझाईदिएको जानकारी गराउनु भयो । उनले भने आफुहरुले डस्टवीन राख्ने पटक पटक प्रयास गर्दा समेत अहिले सम्म डस्टवीन राख्न नसकिएको बताए ।

अवका केहि दिनमा यस वजारलाई सरसफाईका हिसावले पुर्ण सरफाई वजार बनाउने प्रतिवद्धता समेत ब्यक्त गरे । सुआहारा–२ का सरसफाई अधिकृत सरस्वतीपुरी वमले भने ‘ बेल्डाँडी लाई पुर्ण रुपले सरसफाई बनाउन सबै युवाहरु मिल्नु पर्नेमा जोड दिए ।

चवन्नीका ब्यापारी लगायत सर्वसाधारण युवाहरुको यस्तो काम देख्दा हर्षित भएका थिए ।