2026-09-19 10:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बिमा गराउने किसानको सङ्ख्या छ सयभन्दा बढी

चैत १३, कञ्चनपुर । खेतीमा हुने सम्भावित जोखिमबाट जोगाउने उद्देश्यले कञ्चनपुरका ६४७ किसानले बाली बिमा गराएका छन् । 

कृषि विकास कार्यालयका अनुसार हालसम्म केरा खेतीमा १२८, उखु खेतीमा ४२६, धान खेतीमा ८९ र माछामा चार गरी ६४७ किसानले बिमा गराएका हुन् । 

केरामा रु दुई करोड २९ लाख ९९ हजार, उखुमा रु १८ लाख ३९ हजार दुई सय, धानमा रु २३ लाख ९९ हजार र माछामा रु ८३ लाख २६ हजार गरी कुल रु तीन करोड ५५ लाख ९७ हजार दुई सय बराबरको बिमा गरिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताउनुभयो । 

“विसं २०७१ देखि केरा र उखुमा खेतीको जोखिम न्यूनीकरण गर्नका लागि किसानले बिमा गराउँदै आए पनि आव २०७२÷७३ देखि मात्रै किसानले चैतेधान र माछामा पनि बिमा गराएका हुन्” – अधिकृत जोशीले भन्नुभयो । 

खेतमा लगाइएको बालीमा आगलागी, चट्याङ, भूकम्प, बाढी, खडेरी, आँधिबेरी, रोगकिरा, जङ्गली जनावर र विषादीबाट हानिनोक्सानी भए बिमा गरिएको बालीको बिमा कम्पनीले क्षतिको मूल्याङ्कन गरी ९० प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था छ । बिमा गरिएको रकममध्ये २५ प्रतिशत कृषकले र ७५ प्रतिशत रकम सरकारले व्यहोर्ने व्यवस्था छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई