2026-10-15 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

गाँउमा क्यारमबोर्ड व्यापारी बढेपछि बालबालिकाको पढाई बिग्रियो

नन्नदराम जैशी/चैत्र १४, जुम्ला । पातारासी गाउँपालिका वडा नम्बर ४ र ५ मा क्यारमबोर्ड खेलाउने व्यापारीको संख्या बृद्धि हुदै गएपछि बालबालिकाको पढाईमा प्रत्यक्ष रुपमा असर परेको स्थानियले दावि गरेका छन् । 

पछिल्लो समय क्यारमबोर्ड खेलाउने व्यपारीको संख्या गाँउमा बृद्धिहुँदै गएपछि बालबालिकाको पढाई बिग्रिएको स्थानियले साझा सवालसँग गुनासो गरे । वडा नम्बर ४ र ५  डिल्लीचौर गाउँका बालबालिकको ध्यान पढाई भन्दा क्यारम बोर्ड मै जान थालेपछि अभिभावकहरु बैकल्पिक उपायको खोजीमा लागेका छन् । जुम्लामा यातायातको विस्तार तथा बढ्दो औद्योगिकरणको नराम्रो प्रभाव ग्रामिण क्षेत्रमा पनि देखिने थालेको छ । जसले गर्दा विद्यालय स्तरका बालबालिका यसबाट प्रत्यक्ष प्रभावित भएका हुन् । 

अहिले पातारासी गाउँपालिका वडा नम्बर ४ र ५ डिल्लीचौरमा क्यारम बोर्ड खेलाउने तथा संचालन गर्ने व्यपारीहरुको संख्या २० जना पुगेका छन् । क्यारम बोर्ड खेलाउनेहरुको संख्या बढेपछि समुदायमा रहेका अन्य अभिभावकहरु बालबालिकाको भविष्यलाई लिएर चिन्तित भएको स्थानिय विर्ख बहादुर बुढाले बताए । 

२०७२ सालमा स्थापना गरिएको बालअधिकार संरक्षण एवं सम्वद्र्धन समितिले यसको समाधानको लागि पहल थालेको छ । समितिको शुक्रबार बसेको बैठकले फस्टाउदो क्यारम बोर्ड व्यवसायलाई कम गर्न तथा बालबालिकोको भविष्यका लागि विभिन्न निर्णय गरेको छ ।        

 क्यारम बोर्ड व्यासाय संचालनकै कारण बालबालिकाको अध्ययनमा बाधा पुगेकोले पहिलो चरणमा व्यपारीलाई पत्रचार गर्ने, क्यारम बोर्ड बन्द गर्न व्यक्तिगत रुपमा अनुरोध गर्ने निर्णय गरिएको समितिका  सदस्य सचिव उषा बुढाले जानकारी दिए । 

उनले त्यसपछि पनि अटेर गरेमा समितिले क्यारम बोर्ड जफत गर्ने  र बाधा अवरोध सृजना भएमा डिल्लीचौर प्रहरीको सहयोग लिएर क्यारम बोर्ड नियन्त्रणमा लिने निर्णय गरिएको उहाँले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु