पढ्न करिब 2 मिनेट लाग्छ

दान बहादुर बुढा | चैत १४, मुगु | जिल्लमा स्थित महिला तथा बालबालीका कार्यालयमा जेष्ठ नागरिक परिचय पत्र लिने बृद्धाहरुको भीड लागेको छ ।

राज्यले जेष्ठ नागरिकहरुलाइ औषधि उपचार, जहाज भाडा,गाडी भाडा जस्ता विभिन्न सेवामा सहुलियत दिने ब्याबस्था गरेको हुदा परिचय पत्र लिन भीड लागेको हो । राज्यले कर्णाली अञ्चलमा ६० देखी ७० वर्ष उम्मेर सम्मका बृद्धाहरुलाई १ हजार ७० वर्ष माथिको लागि २ हजार जेष्ठ नागकि भत्ता उपलव्ध गराउने ब्याबस्था गरेपछि बुढापाका हर्षित हुदै परिचय पत्र लिन थालेका छन् ।

गत कार्तिक महिना देखि परिचय पत्र बितरण कार्य सुरु गरेपनि यो हप्ता भने परिचय पत्र लिने वुढाबुढीहरुको सख्यामा बृद्धि भएको महिला तथा बालबालिकाले जनाएको छ ।

एक साता यता देखि दिनमा ४० देखि ८० जना सम्मले परिचयपत्र लिने गरेको महिला तथा बालबालिका कार्यालय कि सहायक महिला बिकास निरिक्षक निरमाया न्यौपानेले वताइन् । १ बर्ष सम्म पनि राम्रोसंग थाहाँ नपाएको सदरमुकाम देखी ३ घण्टा टाढापर्ने रोवा गाउ छाँयानाथ ११ का बृद्घ सरकारले दिएको सेवा लिनको लागी आफु लौरो टेकेर सदरमुकाम गमगढी आएको ७० बर्षे बृद्धले जानकारी गराए ।

बृद्धभत्ता खाइरहेको तर परिचय पत्रको वारेमा केहिदिन अगाडी मात्र गाउँकै मान्छे बाट थाहाँ पाएको छायाँनाथ रारा नगरपालिका वडा नं. १० झाकोटका जैसिंह बुढा गुनासो छ ।

राज्य पुन:संरचना संगै जेष्ठ नागरिकहरुले यातायात,औषधी उपचार सेवा सहुलियतमा सुबिधा पाउने निति अनुसारक हेर फेर गरिने आशा पलायकोले परिचय पत्र लिनेको संख्या बढेको हो जेष्ठ नागरिक भनाइ रहेको छ । गत कार्तिक देखि आज सम्म करिव ५ सय २९ जना लाई जेष्ठ नागरिक परिचय पत्र बितरण गरिएको महिला तर्था बालबालीका कार्यालय मुगुक निमित्त महिला तथा बालबालिका अधिकृत कृष्ण चन्दले जानकारी गराउनु भएको छ ।