2026-09-19 12:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कास्कीका वनअधिकृत ५० हजार घुससहित पक्राउ

चैत १५, पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीका एक जना वनअधिकृतलाई ५० हजार घुस सहित प्रक्राउ गरेको छ । 

ईलाका वन कार्यालय आर्वा, पोखराका सहायक वन अधिकृत गणेश बहादुर कार्कीलाई अख्तियारले घुस रकम सहित नियन्त्रणमा लिएको हो । कास्की जिल्लाको काँऊ भलाम फुलबारी बाटो निर्माण समितिले नगरपालिकाबाट बजेट निकासा गरी काँऊ भलान फुलबारी बाटो निर्माणको क्रममा निस्किएको ढुङ्गा सोही स्थानमा प्रयोग गर्न नपाउने भनि जिल्ला वन कार्यालय कास्कीमा परेको निवेदन उपरको कारवाहीको क्रममा उनले घुस मागेका थिए ।

कार्कीलाई पोखरास्थित न्युरोडको एक रेष्टुरेण्टबाट घुस वापत लिएको रकमसहित नियन्त्रणमा लिई अनुसन्धान थालेको अख्तियारले बताएको छ । घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोग केन्द्रिय कार्यालय टंगाल, काठमाडौंबाट खटिई गएको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता