पर्वत । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनको लागि महिलाहरुलाई लक्षित गरी बाख्रापालन तथा मौरीपालन सम्बन्धी तालिम शुरु भएको छ । महिला तथा बालबालिका कार्यालयको आयोजनामा महिलाहरुलाई सो तालिम दिइन लागिएको हो । एक हप्तासम्म चल्ने ता"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनको लागि महिलाहरुलाई लक्षित गरी बाख्रापालन तथा मौरीपालन सम्बन्धी तालिम शुरु भएको छ । महिला तथा बालबालिका कार्यालयको आयोजनामा महिलाहरुलाई सो तालिम दिइन लागिएको हो । एक हप्तासम्म चल्ने ता"/>
२०८३, २२ जेष्ठ शुक्रबार
पर्बत - PBT

बाख्रापालन तथा मौरीपालन तालिम शुरु

२०७३, १६ चैत्र बुधबार ०५:३६

पर्वत । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनको लागि महिलाहरुलाई लक्षित गरी बाख्रापालन तथा मौरीपालन सम्बन्धी तालिम शुरु भएको छ । महिला तथा बालबालिका कार्यालयको आयोजनामा महिलाहरुलाई सो तालिम दिइन लागिएको हो । एक हप्तासम्म चल्ने तालिमबाट महिलाहरुलाई बाख्रा तथा मौरीपालन सम्बन्धी तालिमबाट सीप प्रदान गर्ने आयोजकले जनाएको छ ।

जलजला गाउापालिका साविक लेखफाँटक गाविसका १८ जना लाई मौरीपालन तथा पैयूँ गाउँँपालिका साविक टक्लाक गाविसका २० जना महिलाहरुलाई बाख्रापालन सम्बन्धी तालिम दिइन लागिएको महिला तथा बालबालिका कार्यालय पर्वतले जनाएको छ । 

“नेपालको संविधानले महिलाहरुलाई हरेक क्षेत्रमा अधिकार प्रत्याभूति गरी सोही अनुसार व्यवस्था गरेको छ  तर महिलाहरु आर्थिक रुपमा कमजोर भएकै कारण पनि उनीहरुको नेतृत्व र व्यक्तित्व विकास हुन सकेको छैन । जसका कारण पनि महिलाहरु पछि  परिरहेका छन् । महिलाहरुलाई सीप प्रदान गरी आत्मानिर्भर बनाउँदै नेतृत्व विकासमा टेवा पु¥याउने योजनाका साथ बाख्रा तथा मौरी पालन सम्बन्धी तालिम प्रदान गरेका हौं ।” – महिला विकास निरिक्षक, तारादेवि सुनुवार । 

बाख्रापालन सम्बन्धी तालिमको सहजिकरण जिल्ला पशुसेवा कार्यालयले र मौरी तथा च्याउखेती तालिमको सहजिकरण जिल्ला कृषि विकास कार्यालयल गरेको आयोजकले जनाएको छ । 

तालिममा मौरीपालनको महत्व आवश्यक्ता,सम्भावना मौरीको वर्गिकरण, कार्यविभाजन , च्याउको परिचय महत्व सम्भावना च्याउका जातहरु रोग, रोगकिराको व्यवस्थापन , बाख्रापालन को महत्व, जात बाख्रामा प्रजनन व्यवस्था, विषाणुबाट हुने मुखय रोगहरु जिवाणुबाट हुने रोगहरु, वर्षै भरि हरियो घासको व्यवस्था खोर व्यवस्थापन,पाठापाठी र माउको व्यस्थापन  ,परजीवी नियन्त्रण आदि विषहरुको जानकारी दिईने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली