Skip to content
Friday, July 17, 2026 Nepali Online Media

विद्यालयको प्रवेशद्वार र स्तम्भ निर्माणमा सहयोग

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १६, पाल्पा । कृष्णादेवी माध्यमिक विद्यालय, रामपुर, भलायटार पाल्पाको विद्यालयको प्रवेशद्वार निर्माणका लागि रु दुई लाख ५५ हजार सहयोग प्राप्त भएको छ ।

रामपुर नगरपालिका गाडाँकोट बस्ने डुकबहादुर थापाले हालै सो रकम सहयोग गर्नुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका थापाले विद्यालयलाई भौतिक पूर्वाधारमा विकास गर्ने उद्देश्यले आर्थिक सहयोग गरेको बताउनुभयो ।

यस्तै, विद्यालयमा हालै स्व जगतबहादुर थापाको स्मृतिमा निर्माण भएको स्वर्ण स्तम्भका लागि प्रधानाध्यापक महेन्द्रराज थापाले रु एकलाख १२ हजार पाँचसय रकम सहयोग गर्नुभएको छ । साथै, प्रअ थापाले आफ्ना बुबा स्व. जगतबहादुरको स्मृतिमा विद्यालयमा रु ८२ हजार बराबरको अक्षयकोष रकम स्थापना गर्नुभएको छ ।

सो रकम गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग गर्ने प्रअ थापाले बताउनुभयो । रासस