Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

महिलाको अश्लिल भिडियो फेसबुकमा राख्ने पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/5bdf797f035b96b6a3c22c64381235241490807900.jpg" style="width: 539px; float: left;">चैत १६, काठमाडौं | महिलाको अश्लिल भिडियो सामाजिक सञ्जालमा राख्ने एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडी देहमाण्डी-६ स्थायी घर भएका २३ वर्षीया राजबहादुर बोहोरा रहेका छन् ।</p><p>बोहोराले पिडित महिलाका नातेदारलाई फेसबुक मेसेन्जरबाट अश्लिल भिडियो पठाएर मानसिक यातना दिएपछि प्रहरीमा उनीविरुद्ध उजुरी परेको थियो । उनले महिलालाई पटक-पटक टेलिफोनमार्फत् &nbsp;कुराकानी गरी विभिन्न बहानामा रातको समयमा कोठमा प्रवेश गरी नशालु पदार्थ खुवाई अश्लिल भिडियो खिचेका थिए । पछि उनले अश्लिल भिडियो आफूसँग भएको धम्की दिएर महिलासँग पैसा तथा गरगहना ठगी समेत गरेका थिए ।&nbsp;</p><p>सिआईबीले उनलाई काठमाडौं ल्याएर विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको छ ।&nbsp;</p>