२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अपाङ्गताले छेकेन भागीरामलाई

२०७३, १८ चैत्र शुक्रबार ०८:३३

चैत १८, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का २६ वर्षीय भागीराम चौधरी अपाङ्ग भए पनि सपाङ्ग व्यक्तिसरह कार्य गरेर परिवारको खर्च धान्दै आउनुभएको छ । 

विद्युतीय सामग्री मर्मत गर्ने तालिम लिनुभएका उहाँले दैनिक रु एक हजार बढी कमाइ गर्दै आउनुभएको छ । बाल्यकालदेखि नै पक्षघातका कारण उहाँको कम्मरमुनिको भाग नचल्ने भएकाले परिवारका सदस्यले पसल खोली दिने र बन्द गर्ने कार्यमा सघाउने गरेका छन् । 

पसलमा बसेर चौधरीले ग्राहकका मोटरमा क्वाइल भर्ने, पङ्खा मर्मत गर्ने, रन्दा, हिटिङ मेसिन, गिजर, ड्रिल मेसिन र कटर मेसिन मर्मतको कार्य सहज तरिकाले गर्दै आउनुभएको छ । 

इमान्दारीपूर्वक ग्राहकले मर्मतका लागि ल्याएका विद्युतीय मेसिन मर्मत गरी तोकिएकै समयमा दिने भएकाले ग्राहकको मन जित्न उहाँ सफल हुनुभएको छ । विद्युतीय सामग्री मर्मत गर्ने

तालिम नलिएको भए घरभित्रकै खटिमा रहने थिए भागीरामले भन्नुभयो, “तालिम लिएर काम गर्न थालेपछि परिवारको दैनिक खर्च धान्दै आएको छु ।” 

मुक्तकमैया परिवारका उहाँले आठ जनाको परिवारका लागि आवश्यक पर्ने खाद्य सामग्री, लत्ताकपडा र विद्युत् महसुलको लागि कमाइको पैसा खर्चिदै आउनुभएको छ । 

सपाङ्ग रहेका अरु छोराले दैनिक मजदुरी गरेर रु ३०० जति कमाइ गर्छन् भागीरामका बुबा धनिराम चौधरीले भन्नुभयो, “तर माइलो भागीराम अपाङ्ग भए पनि सबैभन्दा बढी कमाइ गर्न सक्षम छ ।” 

छोरा अपाङ्ग भएकाले बूढेसकालसम्म जेनतेन खर्च गरी स्याहारसुसार गरौँला त्यसपछिको भविष्य के होला भनेर चिन्तित थियौँ धनीरामले भन्नुभयो, “अपाङ्ग भए पनि छोराले स्वरोजगार भएर सपाङ्गभन्दा बढी कमाइ गरेर परिवार पाल्न थालेपछि सबै चिन्ता हटेर गएको छ ।” 

तालिमपश्चात् झलारी बजारमा अन्य व्यक्तिको पसलमा काम गरी कमाएको रु ७० हजार खर्चेर भागीरामले आफ्नै पसल सञ्चालन गर्नुभएको हो । उहाँको पसलमा दैनिक ग्राहको भीड लाग्ने गरेको छ । 

सधैँ बेफुसर्दिलो हुने भागीरामले कमाएमध्ये बचत गरेको रु ८० हजार उसकै बिहेका लागि खर्च गर्ने योजना बनाइएको आमा गुलियादेवी चौधरीले बताउनुभयो । 

काम गरी खाने भएपछि बिहेका लागि धेरै प्रस्ताव आएका छन् उहाँले भन्नुभयो, “घर सुहाउने बुहारी छनोटमा लागेका छौँ ।” भागीराम भन्नुहुन्छ, “अपाङ्ग छ भन्दैमा समाजबाट अपहेलित भएर बस्नु पर्दैन, सक्दो सिप सिकेर समाजका लागि प्रेरणाको स्रोत बनेर देखाउनु पर्छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी