Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बर्दियाका प्राध्यापक, कर्मचारीले काम ठप्प पार्दा विद्यार्थी मर्कामा

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १८, बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा रहेको गुराँस बहुमुखी क्याम्पसका प्राध्यापक र कर्मचारीले पाँच महिनासम्म तलब नपाएको भन्दै बिहीबारदेखि पठनपाठन ठप्प पारेका छन् ।

क्याम्पसमा पढाइ रोकिएपछि विद्यार्थी मारमा परेका छन् ।

क्याम्पसका क्याम्पसप्रमुख मणिराम तिवारीले क्याम्पसमा रहेका १३ प्राध्यापक र चार कर्मचारी गरी १७ जनालाई पाँच महिनाको तलबबापत करिब रु १३ लाख दिन बाँकि रहेको हुँदा तत्काल सो रकम नभएका कारण प्राध्यापक र कर्मचारीले काम रोकेको बताउनुभयो । क्याम्पसमा पढाइ रोकिँदा एकसय ५० भन्दा बढी विद्यार्थी मर्कामा परेका छन् ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टङ्क अधिकारीले क्याम्पसको आन्तरिक आयस्रोत कम भएको हुँदा सो समस्या आइपरेको बताए । मधुवन नगरपालिकाले बजेटको निकासा गरेर सहयोग गर्ने वचन दिए तापनि सहयोग नआएको अधिकारीले बताउनुभयो ।

बिहीबार क्याम्पस व्यवस्थापन समितिसँग भएको छलफल पनि बिनानिष्कर्ष टुङ्गिएका कारण पनि पढाइ अवरुद्ध हुने निश्चित भएको छ । नगरपालिकाबाट क्याम्पसको भौतिक संरचना निर्माणका लागि बजेट निकासा ढिलो भएका कारण कोषमा रहेको रकम क्याम्पसले भौतिक निर्माण तथा पुस्तकालयमा खर्च गरेका कारण पनि सो समस्या आएको बताइएको छ । क्याम्पस त्रिविको सम्बन्धन प्राप्त क्याम्पस हो । रासस