2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

विपन्नलाई निशुल्क औषधी उपचार दिदै उपक्षेत्रिय अस्पताल

धुर्ब बिष्ट, पुष १, डडेल्धुरा / उपक्षेत्रिय अस्पताल डडेल्धुरावाट दुई महिनामा २ सय २२ जना विरामीले निशुल्क उपचार सेवा पाएका छन् । कात्तिक र मंसीर महिनामा २ सय २२ जना विपन्न, अपांग, जेष्ठ नागरीकले उप क्षेत्रिय अस्पताल डडेल्धुरावाट निशुल्क सेवा पाएका हुन् । उप क्षेत्रिय अस्पतालवाट दिईने एक्सरे, भिडियो एक्सरे, ईसिजि, दन्त सेवा, ल्याव परिक्षण लगायत औषधी समेत निशुल्क दिईएको उप क्षेत्रिय अस्पताल डडेल्धुराका व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण सिहले जानकारी दिनु भयो ।

नेपाल सरकारवाट पाईने ७१ प्रकारको निशुल्क औषधी वाहेक वाहिरवाट खरीद गर्नु पर्ने औषधी समेत खरीद गरेर जेष्ठ, अपांग, अति विपन्न लाई दिइएको अध्यक्ष सिहले वताउनु भयो । ‘नेपाल सरकारले दिने गरेको ७१ प्रकारको औषधीले मात्रै नहुँने भएपछि निश्चित मापदण्ड भित्र पर्ने विरामीहरुलाई खरीद गरेर समेत औषधी दिईने गरेको छ ।’–अध्यक्ष सिहले रेडिायो अमरगढीलाई जानकारी गराउनु भएको छ ।

पन्न,असाहय,अपाङ्ग विरामी स्वास्थ्य सेवा वाट वञ्चित हुन सक्ने भएकाले उप क्षेत्रिय अस्पताल डडेल्धुराले निशुल्क उपचार सेवा शुरु गरेको भएपनि निशुल्क औषधी खरीदमा वढी रकम खर्च भएकाले अव देखी चेकजाँच सम्पुर्ण निशुल्क गरीने भएपनि नेपाल सरकारले दिने निशुल्क औषधी वाहेक अन्य औषधी विरामी स्वयमंले खरीद गर्नु पर्ने समेत अस्पतालले वताएको छ ।

यसैबिच अस्पतालमा भर्ना भई उपचार गर्ने विरामीलाई निशुल्क औषधी दिईने जनाइएको छ । यसैगरी सुत्केरी महिलालाई समेत निशुल्क उपचार गरीदै आएको छ । उप क्षेत्रिय अस्पताल डडेल्धुरामा सुरक्षित गर्भपनको सेवा समेत दिईदै आएको छ । उप क्षेत्रिय अस्पताल डडेल्धुरामा उपचार गराउनका लागि दैनिक ५० देखी १ सय भन्दा वढी विरामी आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई